Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा वचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक कारोवार २१ करोड, २४ लाख

जिल्लाकै पहिलो र पुरानो वचत तथा ऋण सहकारी भएको आयोजकको दावी

  •   ५ वर्ष अघि | १३ पुस २०७८, मङ्लबार

सन्तवीर लामा 

धनकुटा – जिल्लाकै पहिलो र पूरानो मानिएको धनकुटा वचत तथा ऋण सहकारी संस्था लि.को आ.व.०७७÷०७८ मा वार्षिक कारोवार २१ करोड, २४ लाख, १९ हजार, ३ सय ५४ पुगेको छ । 

सहकारीको वुधवार सम्पन्न १७ औं वार्षिक साधरणसभामा व्यवस्थापक तथा सचिव खजिन्द्र राईले पुँजी निर्माण तर्फ लक्ष्य प्रगती तथा वार्षिक कार्ययोजना प्रश्तुत् गर्दै २१ करोड, २४ लाख, १९ हजार, ३ सय ५४ रुपयाँ वरावरको कारोवार उल्लेख गरेका हुन् । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङको प्रमुख आतित्थ्यमा सम्पन्न साधरणसभामा व्यवस्थापक राईले आ.व.०७७÷०७८ मा शेयर विक्रि तर्फ १२ लाख, ७२ हजार, २ सय, शेयर फिर्ता तर्फ ८ लाख, १५ हजार, निक्षेप संकलन ६ करोड, २४ लाख, २५ हजार, १ सय ३०, निक्षेप फिर्ता ५ करोड, ४९ लाख, ४३ हजार, ७१ रहेको जनाएका छन् । त्यसैगरी उनले ऋण माग तर्फ ५० लाख, ७१ लाख, ५६ हजार, ६ सय ७७, ऋण लगानी तर्फ ४ करोड, ४१ लाख, ९० हजार, ३६ र ऋण अशुली तर्फ ३ करोड, ६६ लाख, १७ हजार, २ सय ४० रहेको वताए । 

१६ औं वार्षिक साधरणसभामा आ.व.०७७÷०७८ को लागी पुँजी निर्माण तर्फ वार्षिक कारोवार ४९ करोड, २८ लाख प्रस्ताव गरेको भए पनि यथार्थ कारोवार भने २१ करोड, २४ लाख, १९ हजार, ३ सय ५४ भएको व्यवस्थापक राईको प्रतिवेदनमा उल्लेख छ । उनले आ.व.०७८÷०७९ को लागी ३८ करोड, ७५ लाख रुपयाँ प्रस्ताव गरेका छन् । 

करिव ११ सयको हाराहारीमा शेयर सदस्य संख्या रहेको धनकुटा वचत तथा ऋण सकारी  संस्था लि.ले आ.व.०७७÷०७८ मा उत्कृष्ठ कारोवार गर्ने धनकुटा–६ का फूलमाया काफ्लेलाई प्रसंशा पत्र प्रदान गरेको छ । त्यसैगरी उत्कृष्ठ शेयर खरिद गरेवापत धनकुटा–७ का थावहादुर राई र उत्कृष्ठ निक्षेप कारोवार गरे वापत धनकुटा–७ का मनकुमारी लिम्वुलाई संस्थाको तर्फबाट प्रसंशा पत्र प्रदान गरिएको थियो । 

धनकुटा वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष निरेन तितुङ तामाङको अध्यक्षतामा सम्पन्न १७ औं साधरणसभामा नगर प्रमुख चिन्तन तामाङ, नेकपा एमालेका पुर्व सांसद गोपाल गुरागाँई, जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी, राष्ट्रिय सहकारी वैंक शाखा कार्यालय धनकुटाका प्रमुख रोजन गुरुङ, शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामचन्द्र गुरागाँई, शुलभ वचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधि पदम पराजुली, धनकुटा महिला वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तारा तितुङ तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

साधरणसभामा स्वागत मन्तव्य उपाध्यक्ष खेमनाथ घिमिरेले राखेका थिए भने संचालन लेखा समिति सदस्य सरोज भूजेलले गरेका थिए । सो अवसरमा धनकुटा वचत तथा ऋण सहकारी संस्था लि.को हालको संस्थाको कार्य संचालक समितिलाई आगामी ५ वर्षे कार्यकालको लागी साधरणसभाले पुनः निर्वाचित समेत गरेको छ । 


  • selokhabar

थप