Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाको छथरजोरपाटी गाउँपालिकाको १ नम्वर वडा कार्यालयमा ताला

कोशी प्रदेश पुनः नामंकन नभएसम्म निरन्तर आन्दोलनजारी रहने चेतावनी

  •   ४ वर्ष अघि | १६ चैत्र २०७९, बिहिबार

धनकुटा प्रस अनलाईन सम्वाददाता 

धनकुटा/१ नम्वर प्रदेशको नाम ‘कोशी प्रदेश’ नामकरणको विरोधमा धनकुटाको छथरजोरपाटी गाउँपालिकाको वडा नं.१ हात्तिखर्कको पञ्चमी वजारमा रहेको वडा कार्यालयमा विहिवार तालाबन्दी गरिएको छ । 

कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलनरत पक्षधरहरुले छथरजोरपाटी गाउँपालिकको १ नम्वर वडा कार्यालय हात्तिखर्कको पञ्चमीमा ताला लगाएका हुन् । उनीहरुले कार्यालयबाट बाहिर निस्कन आग्रह गर्दै आन्दोलनकारी पुगेपछि वडा कार्यालयमा रहेको वडाध्यक्ष गोविन्द लिम्वु, वडा सचिव चन्द्र प्रसाद सुवेदी र अन्य कर्मचारीहरु सबै बाहिरिएका थिए । जनप्रतिनिधि र कर्मचारीहरु बाहिरिएपछि आन्दोलनकारीहरुले कार्यालयको मुल ढोकामा ताला लगाएका थिए । उनीहरुले कोशी प्रदेश लेखिएको कालो झण्डा पनि वडा कार्यालय अगाडी गाडेका थिए ।

कोशी प्रदेशको नाम खारेज नगरेसम्म निरन्तर रुपमा धनकुटामा कोशी प्रदेश नामंकन विरुद्धको आन्दोलनका कार्यक्रम जारी रहने संघर्ष समितिका संयोजक एवंम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले बताए । उनले धनकुटाको छथरजोरपाटी गाउँपालिका पहिचानको बलबाट स्थापित गाउँपालिका भएको वताउँदै चौविसे पछि यस क्षेत्रमा पहिलो पटक अभियान शुरु गरिएको वताए । 


सो अवसरमा धनकुटामा गठित संघर्ष समितिका घटकहरु किराँत याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष कमलसिं लिम्वु, संघिय लिम्वुवान मञ्चका गंगाहाङ तिगेला, जनता समाजवादी पार्टी छथरजोरपार्टीका इन्चार्ज दिपन तुम्वाहाम्फे, पहिचानवादी नेता शिव कुमार तिगेला,  लगायतले तालावन्दी पछि आयोजित कोणसभालाई सम्वोधन गरेका थिए । 


आन्दोलनरत पहिचान पक्षधर वत्ताहरुले कोशी प्रदेश नाम खारेज गरेर पहिचान, सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको पुनः नामंकन गर्नुपर्नेमा जोड दिएका छन । उनीहरुले आन्दोलनको क्रममा चैत ५ गते विराटनगरमा भएको प्रहरीसँगको झडपमा परि घाइते भएर उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका छन् ।

  • Dhnakutapress

थप