धनकुटा प्रेस सम्वाददाता
धनकुटा/सुनसरीको इटहरीबाट भोजपुरको वोयाको लागि हिडेको यात्रुवाहक बस सोमवार विहान १०.१५ वजे धनकुटामा दुर्घटना भएको छ ।
इटहरीबाट सोवार विहान ६ वजे भोजपुरको वोया हिडेको को १ ख २१७७ नम्वरको यात्रुवाहक बस धनकुटा नगरपािलका वडा नं.६ स्थित् गोठगाउँ माथिको गोलाईमा दुर्घटना भएको हो । दुर्घटनामा परी धनकुटा नगरपालिका वडा नं.६ घर भएकी वर्ष ७३ की धनकुमारी राईको घट्ना स्थल मै मृत्यु भएको छ । उकालोमा रोकि राखेको बस अचानक पछि सरेपछि सडकबाट मोडिएर करिव २ सय मिटर तल झरेको थियो । उकाले आउँदै गरेको बस तातिएपछि चालकले रोकेका थिए । एक छिन रोकेर पुन अघि बढाउन खोज्दा बस पछिल्लोतिर सरेर दुर्घटना भएको बसमा सवार भोजपुर षडानन्द न.पा.१३ बोया घर भएका वर्ष ५० का कुलवहादुर तामाङले बताए ।
दुर्घटनामा परी मृत्यु भएकी धनकुटा नगरपालिका वडा नं.६ की वर्ष ७३ की धनकुमारी राई
दुर्घटनामा परी उनको श्रीमती वर्ष ४९ की पूर्णमाया तामाङको देव्रेवास हात भाँचिएको छ । उनी भने बस पछि सरेपछि बसको ढोकाबाट हाम्फालेर बचेको बताए । उनैसंगै अन्य ६–७ जनाले बसको ढोकाबाट हाम्फालेर ज्यान जोगाएको तामाङले ब्लाष्टलाई बताए । तामाङलेभने–‘आफूत जमिनमा झरियो, तर श्रीमती सहित वसमा रहेका अन्य यात्रु हेर्दा हेर्दै सडकबाट आँखै अगाडी तल झर्दा हंशले ठाउँ छोडेको थियो ।’ उनले भने ड्राईभरले धरानबाट उकालो लाग्दै आज माथि गएर उल्टीसुल्टी खेल्नु पर्छ भन्दै यात्रु चढाएकाले लोदर लागेको तामाङले बताएका छन् । तामाङ आफ्नो नेपाल प्रहरीमा कार्यरत छोरा–वुहारीलाई काठमाण्डौं गएर भेटघाट गरेर एक हप्ता पछि घर फर्कने क्रममा दुर्घटनामा परेका थिए ।
त्यसैगरी अन्य घाईतेहरुमा साँगुरीगढी गाउँपालिका वडा नं.६ घर भएका वर्ष ६० की विर्गमाया राईको हात भाँचिएको छ । भोजपुर नगरपालिका वडा नं.१३ वस्ने लिला वहादुर श्रेष्ठको पनि टाउको फुटेको छ । त्यसैगरी धनकुटा न.पा.–६ का वर्ष ३४ का धनकुमार वि.क., इटहरी–४ वस्ने वर्ष १७ का आयूष राई, वर्ष ४५ का राजकुमार राई, साँगुरीगढी–६ वस्ने वर्ष ६० का हंशवहादुर राई (उनको हात भाँचिएको), भोजपुर न.पा. वडा नं.११ वस्ने वर्ष २४ की सविना वराईली, सोही स्थान वस्ने वर्ष ६० की देवी वि.क. (टाउकोमा चोट), धरान उपमहानगरपालिका वडा नं.१३ वस्ने वर्ष ५१ को रुद्र तामाङ (चालक) निजको टाउँकोमा गम्भिर चोट लागेको छ ।
दुर्घटना भएको बसमा सवार भोजपुर षडानन्द न.पा.१३ बोया घर भएका वर्ष ५० का कुलवहादुर तामाङ आफ्नी श्रमिती पूर्णमाया तामाङलाई धनकुटा अस्पतालमा उपचार गर्दै /त्यसैगरी भोजपुर च्याङ्गग्रे गाउँपालिका वडा नं.३ वस्ने वर्ष ८० गंगाप्रसाद साप्कोटाको टाउकोमा चोट लागेको छ । सुनसरीको वराह नगरपालिका वडा नं.२ वस्ने वर्ष ४८ का कृष्ण राउतको वाँया हात भाँचिएको छ भने षडानन्द नगरपालिका वडा नं.१३ घर भएका वर्ष ११ का अनमोल तामाङको टाउकोमा गम्भिर चोट लागेको छ । सोही वडा वस्ने वर्ष २० का सूर्यमणी तामाङ भने समान्य घाईते भएका छन् ।
- dhankutapress