Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

जनताको लागि नेताले बोलेको कुरा कार्यान्वयन हुनु पर्नेमा जोड

धनकुटा अस्पताललाई सय वेडको बनाउन तत्काल पहल गर्ने

  •   ४ वर्ष अघि | २६ चैत्र २०७९, आइतवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्वुले जनताको लागि नेताहरुले बोलेको कुराहरु कार्यान्वयन हुनु पर्नेमा जोड दिएका छन् । 

नेत्रज्योति संघ धनकुटाको १३ औ साधारणसभाको उद्धघाटन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री लिम्वुले यस्तो जोड दिएका हुन् । उनले धनकुटामा सय वेडको अस्पताल निर्माणको लागि धेरै नेताले स्टेजमा भाषण मात्र गरेको आरोप लगाए । उनले भने–‘धनकुटामा शिक्षण अस्पताल नै खोल्ने भन्ने थियो, त्यो नभएपछि १ सय वेडको अस्पताल वनाउने कुरा आयो तर, त्यो पनि अहिलेसम्म गफैमा मात्र सिमित रहेको छ ।’ मन्त्रीले लिम्बुले कुनै पनि काम गर्नको लागि प्रदेश सरकामा ऐन, कानुन्, नीति नियम, विनियमहरु वने पनि कार्यान्वयन पक्ष फितलो हुनु ठिक नभएको वताईन । उनले भने–हाल मन्त्रालयमा नयाँ सचिव सुधा देवकोटा आउने तयारी भैरहेको छ ।  आएपछि धनकुटाको १ सय वेडको अस्पतालको लागि कृषिको जग्गा स्वास्थ्यमा ल्याउने कामको लागि म आफै लागि परेर चाँडै काम शुरु गर्ने वताईन ।  

उनले भनिन्–‘म नेत्रज्योति संघ धनकुटालाई यो दिन्छु, त्यो दिन्छु भनेर बोल्दिन, बोले पछि पु¥याृनु पर्छ, जति बोल्छु, त्यो कार्यान्वयन गर्ने प्रयास गर्छु ।’ सरकारमा बसेर बोलेर मात्र नहुने भन्दै, मन्त्री लिम्वुले थपे–मन्त्रालयको टिमले सहि ढंगले समयमा काम गरे भने मात्र जुनैसुकै काम पनि कार्यान्वयनमा चाडै आउँछ ।’ उनले प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा भैरहेको वजेटलाई स्वास्थ्य क्षेत्रमा चाँडो भन्दा चाँडो लगानी गर्ने गरी योजना वनाउन सचिवहरुलाई निर्देशन दिएको वताईन । मन्त्री लिम्वुले मन्त्रालयमा काम गर्ने कर्मचारीहरुले शब्दले हुन्छ भन्ने, तर, व्यवहारले भने ढिलासुस्ती भईरहेको बताए । 

नेत्रज्योति संघका केन्द्रिय महासचिव भरत वहादुर चन्दले नेपालमा आँखाको उपचारको लागि सेवा प्रदान गर्न १० हजार भोलियन्टियर र साडे तिन लाख कर्मचारीहरुले सेवा गरिरहेको वताए । विदेशमा आँखाको उपचार महँगो भएकाले नेपालमा आएर आँखाको उपचार गर्ने विदेशीहरुको संख्या करिव ४० प्रतिसत भन्दा वढी रहेको वताए । चन्दले नेपालमा आँखाको उपचार गर्न भारतियहरु वढी आउने गरेको वताए । उनले मेडिकल टुरिजमलाई अघि वढाउन वंगलादेश सरकारसंग नेत्रज्योति संघले एमयू गर्ने तयारी भैरहेको वताए । 

उनले अघिल्लो वर्ष नेपालमा नेपाल नेत्रज्योति संघले देशी विदेशी गरेर ३० लाख  जनालाई ओपिडी सेवा र २ लाख, ३० हजारलाई आँखाको अप्रेसन गरिएको तत्थ्याङ्ग रहेको वताए । विराटनगर आँखा अस्पतालले डा.राम प्रसाद आँखा अस्पताल धनकुटालाई सम्पुर्ण प्राविधिक सहयोग गर्दै आएको वताउँदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने वताए ।   

सो अवसरमा नेत्रज्योति संघ धनकुटाद्धारा संचालित डा.राम प्रसाद पोख्रेल आँखा अस्पताल निर्माणको लागि सहयोग गर्ने धनकुटा–७ का वर्ष ९९ की समाजसेवी रुक्मिणी शाक्यलाई दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको थियो । त्यसैगरी १३ औं साधरणसभा सम्पन्न गर्न आर्थिक सहयोग गर्ने सुनसरी हरिनगरामा कार्यरत इन्जिनियर हरिनारयण मिनियारलाई पनि दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो । इनरुवा नगरपालिका वडा नं.४ घर भै धनकुटा नगरपालिकामा कार्यरत सव–ओभरसियर विष्णु पोद्धार र एभरेष्ट वैंक लि.काठमाण्डौलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ । पोद्धारले नेत्रज्योति संघ धनकुटाको भवनको डिजाईन गर्न सहयोग गरेका थिए । वैकले भने ४ लाख, ८० हजार,२ सय, ५० मुल्य पर्ने चसमा वनाउने मेसिन खरिद गरेर सहयोग गरेका थिए ।   

‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने मुल नाराको साथ आयोजना गरिएको नेत्रज्योति संघ धनकुटाको १३ र्औ साधरण सभा तथा अधिवेशनको उद्धघाटन सत्रमा प्रदेश सांसद इन्द्रमणी पराजुली, पूर्वमन्त्री तथा नेत्रज्योति संघका केन्द्रिय सदस्य पदमनारयण चौधरी, राजनीतिक दलहरुको तर्फबाट एमाले नेता नरेन्द्र पोख्रेल, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, समाजसेवी राजेन्द्र प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उद्धघाटन सत्र संघका अध्यक्ष रोषेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । 

जिल्ला अस्पतालमा मन्त्रीको छड्के  :

यसैविच प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला तावाले जिल्ला अस्पताल धनकुाटमा आकस्मिक छड्के अनुगमन गरेका छन् । अनुगमनको क्रममा अस्पतालको सरसफाई चुस्तदुरुस्त नभएको, निःशुल्क वितरण गरिनु पर्ने औषधीहरु सहि ढंगले वितरण नभएको, फार्मेसी संचालकहरुको मिलेमतोमा भित्र भित्र कमिसनको खेलमा औषधीहरु सप्लाई हुने गरेको आदी भेटिएको स्वास्थ्य मन्त्रीका निजि सचिव वैद्यनाथ शाहाले वताए । 

उनले डिउटी समयमा कतिपय नर्स, डक्टर र कर्मचारीहरुले आ–आफ्नो जिम्मेवारी निर्वाह नगरेको पाईको वताए । अस्पताल भित्र भएको कमि कम्जोरीलाई मेसु अमिताभ ठाकुरले स्विकारेका छन् । उनले अस्पताल संचालनको क्रममा भएको कमि कम्जोरीलाई सुधारेर लाने वताएका छन् ।  जिल्ला अस्पतालमा स्वास्थ्य मन्त्रीको छड्केमा प्रमुख जिल्ला अधिकारी थामेश्वर गौतमको पनि सहभागिता रहेको थियो । 

  • Dhnakutapress

थप