धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/धनकुटा सदरमुकामबाट तथ्यांक कार्यालय र पाख्रिबासमा रहेको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई सार्न लागिएको भन्दै धनकुटाका राजनितिक दलले माघ १६ गतेबाट आन्दोलन सुरु गरेका छन् । माघ १६ गते धनकुटाको मदन चोकमा विरोध कार्यक्रम गर्दै जिल्लाका क्रियाशील आधा दजृन राजनीतिक पार्टीहरुले विरोध प्रदर्शन समेत गरेका छन् ।
राजनितिक दलले धनकुटामा रहेको तथ्याङ्गक कार्यालय धनकुटामै राख्न र राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई पाख्रिबास मै राख्न दबाब दिन विरोध कार्यक्रम गरेको जनाएका छन् । विरोध कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टीका प्रतिनिधीले सम्बोधन गर्दै विरोध जनाएका छन् । कार्यालय सार्न लागेको विरोधमा माघ मसान्तभित्र सम्बन्धित मन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र त्यति गर्दा पनि निर्णय नसच्याए फागुन पहिलो साताबाट बृहत आन्दोलन गर्ने पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य राजेन्द्र कुमार राईले बताए ।
धनकुटा सदरमुकामको धनकुटा नगरपालिका वडा नं. ६ मा तथ्यांक कार्यालय रहेको छ भने पाख्रिबास नगरपालिका वडा नं. ३ मा राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम रहेर सञ्चालनमा रहेको छ । स्थानीयसँग छलफल नै नगरि सार्न लागेको दलहरुको आरोप छ । यता धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले माथिल्लो निकायबाट कार्यालय सार्ने कुनै जानकारी नआएको र यहाँ आन्दोलन भइरहेकोले यही हो भन्न नसक्ने अवस्थामा रहेको बताए । उनले वास्तविकता बुझेर छलफल गरि निष्कर्षमा पुग्ने बताए ।
- Dhankutapress