Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

भूतपूर्व सैनिक परिवार धनकुटाको अध्यक्षमा धनवहादुर निर्वाचित

  •   ५ वर्ष अघि | ५ चैत्र २०७८, शनिबार

सुस्मिता थिङ तामाङ

धनकुटा/भूतपूर्व सैनिक परिवार धनकुटाको अध्यक्षमा धनबहादुर खड्का निर्वाचित भएका छन् । 

शनिवार धनकुटाको पर्यटकिय नगरी पाख्रिवासमा सम्पन्न छैठौं साधारण सभा तथा दोस्रो अधिवेशनले खड्काको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो । 

समितिको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार राई, उपाध्यक्षहरुमा जगतवहादुर श्रेष्ठ, होमप्रसाद अधिकारी, सचिवमा लोकबहादुर लिम्बू, सह–सचिवमा विरवहादुर थापा, कोषाध्यक्षमा सरोजकुमार जोशी, सह–कोषाध्यक्षमा हर्कवहादुर राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद घिमिरेले बताए । 


त्यस्तै समितिको सदस्यहरुमा खड्ग वहादुर लिम्वु, मानवहादुर वि.क., ढलवहादुर श्रेष्ठ, गोविन्द थापा, सुरेन्द्र राई, लिलम थापा, पृथराम राई, भक्तवहादुर राई, खिरबहादुर कार्की रहेका छन् । त्यसैगरी सल्लाहकार समितिमा तिलकसिंह लिम्वु र कुमार तामाङलाई चयन गरिएको छ भने बाँकी तिन जना अध्यक्षले मनोनयन गर्ने बताइएको छ । धनकुटामा रहेको भूतपुर्व सैनिक परिवारको सामुहिक संस्था वेलायती, भारतिय र नेपाली गरी २ हजार भन्दा वढी सदस्य आवद्ध रहेको अध्यक्ष खड्काले प्रतिवेदनमा उल्लेख गरेका छन् । सो अवसरमा आर्थिक प्रतिवेदन परिवारका कोषाध्यक्ष सरोज जोशीले प्रश्तुत् गरेका थिए ।  

विभिन्न देशबाट अबकास प्राप्त ४ जना भुपु सैनिकलाई सम्मान

भूतपुर्व सैनिक परिवार धनकुटाले छैठौं साधरणसभा तथा दोश्रो अधिवेशनको अवसर पारेर विभिन्न देशबाट सेवा निर्वित भएका अवकास प्राप्त ४ भूपुलाई सम्मान गरेको छ । सम्मानित हूनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरखगण सल्लेरी व्यारेकका गणपति प्रमुख सेनानी दुर्गावहादुर थापाले दोसल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए । 


सम्मानित हुनेहरुमा वेलायती सेनावाट अवकास प्राप्त पाख्ीवास–४ का हर्कवहादुर गुरुङ, धनकुटा–७ का जंगुमान राई, जगत वहादुर श्रेष्ठ र भारतिय सेनाका धनकुटा–२ का इन्द्र ढुङ्गेल रहेका छन् । 

सम्मानित हुनेहरुलाई कार्यक्रमका अतिथि राजविराजबाट सरुवा भै भरखरै धनकुटा आएका भिमदल गण सल्लेरी व्यारेकका गणपति निरज भण्डारी, पाख्रीवास नगरपालिका वडा नं.४ का वडाध्यक्ष सोवित निरौला, अवकास प्राप्त प्रमुख सेनानी गोविन्द श्रेष्ठ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामा, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरलाल बाबु श्रेष्ठ, सिमसार संरक्षण समितिका अध्यक्ष ज्ञानवहादुर गुरुङ, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास, युवा व्यवसायी प्रेम भण्डारी लगायतले वधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यप्त गरेका थिए । 



कार्यक्रमको संचालन राजदल गणबाट अवकास प्राप्त भूपु सैनिक हुद वीर वहादुर थापाले गरेका थिए भने स्वागत मन्तव्य भारतिय सेनाबाट अवकास प्राप्त भूपु श्यामप्रकास राईले राखेका थिए । 

  • dhankutapress

थप