धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता
धनकुटा/धनकुटामा पहिले पहिले गठन भएको राष्ट्रिय भूमि आयोगहरुले जग्गाको पहिचान नै नगरी धनिपुर्जा वितरण गर्दा भू–उपयोगमा समश्या उत्पन्न भएको आईतवार यहाँ आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरुले गुनासो गरेका छन् ।
राष्ट्रिय भूमि आयोग धनकुटाले आईतवार आयोजना गरेको जिल्ला स्तरिय रानीतिक दलहरुसंगको कार्य समिक्षा कार्यक्रममा वोल्ने दलका नेता तथा सरोकारवाला संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् । उक्त कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समिति, धनकुटाले हालसम्म गरेको गतिविधि, समश्या, चुनौति एवं भावी कार्यदिशाको वारेमा सरोकारवाला संघ–संस्थाको प्रमुख एवं प्रतिनिधिहरु विच वृहत छलफल गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति, धनकुटाका प्रमुख निरेन तामाङले भने–‘हामी कर्तव्य पूरा गर्न भन्दा पनि, अधिकार मात्र खोजीरहेको हुन्छौं ।’ प्रमुख तामाङले थपे–‘जनताले चाहे जस्तो काम गर्न नसक्दा व्यवस्था माथि नै प्रश्नचिन्ह उठीरहेको वेला भूमि आयोगले डाटावेसमा जिम्मेवार भएर रिजल्ट देखिने गरी काम गर्नुपर्छ ।’
छलफलमा सहभागी नेकपा एस.का जिल्ला अध्यक्ष अर्जुन राईले भूमिको पहिचान नै नगरी यो भन्दा पहिला गठन भएका भूमि आयोगहरुले धनपिुर्जा करी वाड्यो भन्दै आयोगलाई प्रश्न गरे । राईले भने–‘राज्य व्यवस्था ऐन कानुन्ले नै चलाउँछन, तर, एैन कानुन् नै विकासको कामको लागि वाधक बन्ने गरेको छ ।’ उनले यो देशमा जस्को कलम चल्छ, उस्ले कानुन्मा सुधार नल्याएसम्म देश विकास नहुने दावी गरे । आयोगको काम पनि अहिलेसम्म यो देशमा जंङ्ग वहादुरको पाला देखी वनेको ऐन, कानुनले नै रोकेको अध्यक्ष राईको भनाई थियो ।
त्यसैगरी नेपाली कांग्रेसका जिल्ला उपसभापति सुनिल डंगोलले धनकुटाको सात वटा पालिकामा भूमि आयोगले दिन मिल्ने जग्गाको क्षेत्रफल कति हो भन्दै आयोगका अध्यक्ष बलवहादुर राईलाई प्रश्न गरे । उनले भने–’सर्वसाधरण नागरिकलाई जग्गा धनिपुर्जा नदिनु दिएपछि पक्का काम हुने गरी दिनु पर्छ ।’ त्यसैगरी जसपा धनकुटाका सचिव डम्वर वहादुर कटुवालले पालिकाहरुले भूमि आयोगको निर्देशन अनुसार अहिलेसम्म भने जस्तो काम नगरेकोले दलका नेताले पालिका प्रमुखहरुलाई कार्यन्वयनको लागि भन्नु पर्नेमा जोड दिए ।
छलफलमा उठेको जिज्ञासा मेटाउँदै राष्ट्रिय भूमि आयोग धनकुटाका अध्यक्ष बलवहादुर राईले पहिलेको आयोगले ५–६ सय जनाको विवरण सहितको फर्म भरेकोमा अहिले ५ हजार, ६ सय, ९३ जनाले फारम भरेको वताए । राईले जसमध्ये साँगुरीगढी गाउँपालिकामा केहि प्रगती देखिए पनि अन्य गाउँपालिकामा खास्सै काम अघि वढ्न नसकेको वताए । उनले विगतमा गठित आयोगले गरेको कामको छानविन गरि कार्यान्वयन गरिरहेको वताए ।
राईले भने–‘भूमि आयोगको जिम्मेवारी भनेको स्थानिय तहको पनि जिम्मेवारी हो भनेर स्थानिय तहका जनप्रतिनिधिहरुले नवुझेकोमा आफूलाई दुःख लागेको छ ।’ उनले १० वर्ष भन्दा माथि जोतभोग गर्नेलाई भूमि आयोगले तोकेको मापदण्ड अनुसार धनिपुर्जा दिने वताए ।
छलफलमा कार्यक्रममा आयोगका विज्ञ सदस्य रमेश श्रेष्ठले हालसम्म राष्ट्रिय भूमि आयोग धनकुटाले संचालन गरेको गतिविधिहरु प्रश्तुत् गरेका थिए । सो अवसरमा उनले लगत संकलन तथा नाप, जाँच सम्वन्धी विवरण, कम्प्युटर सफ्टवएर प्रणालीमा तथ्याङ्गक प्रविष्टिकरणको विवरण, आयोगको वाँकी कामको बिवरण, भूमिहिन दलित र भूमिहिन सुकुम्वासीहरुलाई उपलव्ध हुने जग्गाको क्षेत्रफल आदिको वारेमा सहजीकरण गरेका थिए ।
- Dhankutapress