Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

विवादस्पद अभिव्यक्ति दिने भगवती पाण्डेलाई कुनै पनि हालतमा आदिवासीहरुले नछोड्ने

  •   ३ वर्ष अघि | २४ साउन २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/अधिकार प्राप्तीको लागी आदिवासीहरु संगठित र एकतावद्ध हुनु पर्ने आजको आवश्याक्ता रहेको वुधवार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले वताएका छन् । 

“२९ औं विश्व आदिवासी दिवशको अवसरमा आयोजित “पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं !, परम्परागत ज्ञानसीपको प्रवद्र्धन गर्दै पुख्र्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं !!” भन्ने मूल नाराको साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो विचार व्यक्त गरेका हुन् । 

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै धनकुटाका आदिवासी जनजातिका अगुवाहरुले पहिचानका मुद्धा, प्रतिनिधित्वको मुद्धा र पहुँचको मुद्धा उठाईरहेको अवस्थामा आदिवासी जनजातिहरु विच एकता र संगठित हुनुको विकल्प नरहेको वताए । कार्यक्रममा उनीहरुले पहिचान, प्रतिनिधित्व, पहुँच, मातृभाषा शिक्षा र स्वयत्त क्षेत्रहरुको सवालमा नेपाल सरकारलाई आदिवासी जनजातिहरुले संंविधानमा व्यवस्था भएको अधिकारलाई टेकेर ध्यान आकर्षण गराउँदै जानु पर्नेमा जोड दिए । 

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति, धनकुटाका प्रमुख निरेन तामाङले भने–‘संविधानमा हरेक जातिको भातृभाषालाई विद्यालयहरुमा पठपाठन गर्ने व्यवस्था छ, अधिकार हुँदा हुँदै किन दिईरहेको छैन ?, यो बेला आदिवासी जनजातिहरु कम्जोर भएकाले यस्तो परिस्थितिको सृजना भएको छ ।’ उनले थपे–‘संगठन नै बल हो भन्ने मुल्य मान्यतालाई शिरमा राखेर सम्पुर्ण आदिवासी जनजाति एक भएर अघि वढौं, राज्यसत्ता आदिवासी जनजातिको हातमा ल्याउन धेरै समय लाग्दैन ।’ प्रमुख तामाङले–‘नेपालका आदिवासी जनजातिहरुलाई पाखा लगाएर के यो देश समान ढंगले फूल्न फल्न र अघि वढ्न सक्छ ? भन्दै राज्यसत्तासंग प्रति प्रश्न गरे ।

त्यसैगरी नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष गणेश पिठाकोटे मगरले अफूलाई कानूनको व्यख्याकार ठान्ने भगवती पाण्डेको विवादस्पत अभिव्यक्तिको ठाडो आलोचना गरे । न्यायको लागि आन्दोलन गर्दा डण्डा वर्साउने राज्यले तामाङ र मगर माथि विभेद गरेको उपाध्यक्ष पिठाकोटेले आरोप लगाएका छन् । 

उनीहरुले आदिवासी जनजाति आयोग त सरकारले वनाएको छ तर यो आयोग संवैधानिक आयोग नभएको, कानुनी आयोग मात्र भएको दावी गरे । सहभागी वक्ताहरुले अहिले १३÷१४ वटा आयोगहरु छन् तर व्यवहारिक कार्यान्वयन खोई भन्दै सरकारलाई प्रति प्रश्न गरे । 

नेपाल आविासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष गणेस पिठाकोटे मगर, तामाङ घेदुङका संघीय समिति सदस्य विष्णु मोक्तान, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका पुर्व अध्यक्ष पार्वती राई, कोशी नाम खारेज गर्न धनकुटामा गठित संघर्ष समितिका सदस्य एवं कियाचु धनकुटाका अध्यक्ष कमलसिं तिगेला लिम्वु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साथै, आदिवासी जनजाति पत्रकार महासं फोनिजका संघिय समिति सदस्य विदुर खवास, प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामा, तमु ह्युल्ला छोँधी धनकुटाका सचिव निरज गुरुङ, नेपाल मगर संघका प्रदेश सदस्य इन्द्र लुङ्गेली मगर, शेर्पा संघका प्रदेश सदस्य पासाङ शेर्पा (ए), शेर्पा संघ नगर अध्यक्ष पासाङ्ग शेर्पा (वि),किराँत राई यायोखा जिल्ला अध्यक्ष उद्धवमणी राई, चुम्लुङ जिल्ला सचिव हेमु स्मृति चोङ्गवाङ, घेदुङ जिल्ला सचिव गजमसिं घिसिङ, चुम्लुङ नगर सचिव डम्वर खवाहाङ लगायतले आदिवासी जनजातिहरु सुतेर वस्न नहुने आफ्नो अधिकार प्राप्तीको लागी एकतावद्ध भएर अघि वढ्नु पर्नेमा जोड दिए । 

सो अवसरमा उनीहरुले पहिचान, प्रतिनिधित्व, पहुँचको सवालमा मातृभाषा शिक्षा, स्वयत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रलाई संविधानमा व्यावस्था भएनुसार कार्यान्वयन गर्न माग समेत गरेका छन् । आदिवासी जनजाति महासंघ धनकुटामा आवद्ध १५ एकल जातिहरुहरुले आ–आफ्नो भेषाभुषामा सजिएर साँस्कृतिक मौलिक झाँकी प्रश्तुत् गर्दै धनकुटा वजारको विभिन्न भागको परिक्रमा गरेका थिए । वजार पक्रिमा पश्चात धनकुटा वुपार्कमा आएर अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको संचालन फोनिज प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामाले गरेका थिए । 

अन्य तस्विरहरु 


  • Dhankutapress

थप