Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

बक्सिङ संघ धनकुटाले गर्यो आर्थिक सहयोग

  •   १० महिना अघि | ७ पुस २०८२, सोमवार

मिङ्गमा लामा

धनकुटा/।बक्सिङ संघ धनकुटाले जिल्लाका मृगौला रोग पिंडित र ब्लड क्यानसर रोगको पिडित दुई बिरामीलाई सोमवार आर्थिक सहयोग गरेको छ ।

संघले पत्रकार सम्मेलन मार्फत मृगौला रोग पिंडित धनकुटा नगरपालिका वडा नं.८ का चौतिसलाल आठपहरिया र चौबिसे गाउँपालिका वडा नं. ७ का ब्लड क्यान्सर रोगबाट पिंडित जितेन चेम्जोङलाई आर्थिक सहयोग गरेको हो ।

आठपहरियालाई नगद रु १ लाख १८ हजार ४ सय ७० र चेम्जोङलाई नगद ३० हजार नगद सहयोग गरेको हो । पिंडितहरुलाई संघका कार्यवाहक अध्यक्ष हेमचन्द्र राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष एवं वक्सिङ्ग धनकुटाका संस्थापक अध्यक्ष बिदुर खवास लगाएतले रकम हस्तान्तरण गरेका हुन् ।

संघले मंसिर २५ देखि पुस ५ गतेसम्म धनकुटाको बसपार्कमा आयोजित कल्चरल म्युजिक तथा साँस्कृतिक कार्यक्रम गरेर उक्त रकम संकलन गरेको हो । कार्यक्रमको आम्दामी मार्फत् संघले धनकुटाको श्रीपञ्चमी पार्कमा रहेका अनाथ बालबालिकाहरुलाई २२ हजार वरावरको खाद्यान्न, स्टेसनरी सहयोग गरेको छ ।  त्यसैगरी धनकुटा बसपार्क र आसपासको क्षेत्रमा कुनै पनि अवाञ्छित् गतिविधि नहोस भनेर ४५ हजार बराबरको सिसि क्यामेरा जडान र १८ हजार बराबरको खेलकुद सामाग्री बितरण गरेको संंघका सचिव रोसन राईले जानकारी दिए ।

पत्रकार सम्मेलन मार्फत् वक्सिङ्ग संघ धनकुटाका अध्यक्ष हेमचन्द्र राईले कल्चरल फेष्टिबल तथा मेला ब्यबस्थानमा सहयोग गरी आर्थिक संकलनमा सहयोग पु¥याउने ब्यबस्थापक एवं यूवा व्यवसयी अनुप राई र सह–ब्यबस्थापक करन आठपहरिया र सुमन पाँचकोटीलाई धन्यवाद ज्ञापन गरेको छ ।

  • dhankutapress

थप