Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सन्दर्भ: तामाङ पत्रकार संघको २० औं स्थापना दिवस ‘नेपाली पत्रकारिता र तामाङ पत्रकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  •   ३ वर्ष अघि | २२ मंसिर २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/तामाङ पत्रकार संघको २० औं स्थापना दिवसको अवसरमा धनकुटामा ‘नेपाली पत्रकारिता र तामाङ पत्रकार’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रम विहिवार सम्पन्न भएकोे छ । 

तामाङ पत्रकार संघ जिल्ला समिति धनकुटाले २० औं स्थापना दिवसको अवसरमा पारेर ‘नेपाली पत्रकारिता र तामाङ पत्रकार’ विषयक एक दिने अन्तरक्रिया तथा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको समुद्धघाटन घेदुङका निवर्तमान संघीय सदस्य लालचन्द्र गोङ्गवा तामाङले केक् काटेर गरेका थिए । 

अन्तरक्रिया तथा शुभकामना आदन प्रदान कार्यक्रममा वोल्ने वक्ताहरुले नेपाली पत्रकारिता भित्र सवैखाले जाति समूदायको पत्रकारहरुले फुल्नफल्न पाउनु पर्नेमा जोड दिए । उनीहरुले नेपाली पत्रकारितामा तामाङ पत्रकारहरुले पु¥याई रहेको योगदान र निर्वाह गर्नु पर्ने भूमिकाको वारेमा समेत चर्चा गरे । 

सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका निवर्तमान संघीय सदस्य लालचन्द्र गोङ्गवा तामाङले पत्रकार भनेको समाजको ऐना भएको बताए । गोङ्गवाले भने–‘तामाङ समुदायको भाषा, संस्कार, संस्कृतिलाई यूगयुगसम्म जोगाई राख्न तामाङ पत्रकारले कलम चलाई राख्नु पर्छ ।’ उनले तामाङ पत्रकारहरु भने जस्तो उत्पादन गर्न नसकिरहेको अवस्थामा २० औं स्थापना दिवसले थप सहयोग पु¥याओस भन्दै शुभकामना दिए । 

त्यसैगरी तामाङ पत्रकार संघका १ नम्बर प्रदेस समितिका संस्थापक अध्यक्ष एवं फोनिजका प्रदेस अध्यक्ष सन्तवीर लामाले नेपाली पत्रकारितामा तामाङ पत्रकारहरुले पु¥याइ रहेको योगदानको चर्चा गरे । सो अवसरमा उनले १ नम्वर प्रदेसमा तामाङ पत्रकारहरुको अवस्था र क्रियाशिलताको विषयमा पनि चर्चा गरे । उनले नेपाली पत्रकारितासंगै तामाङ पत्रकारिताको विकासमा बाटो देखाउने अग्रज तामाङ पत्रकारहरुको योगदान र भूमिकाको विषयमा समेत चर्चा गरेका थिए । 

किराँत राई पत्रकार संघका केन्द्रिय सदस्य नरेन्द्र कश्चितले नेपाली पत्रकारिताको चेतनाको दियोमा तेल भर्ने काममा योगदान गर्न तामाङ पत्रकारहरुले सकून भन्दै २० औं स्थापना दिवसको अवसरमा शुभकामना दिए । 

‘नेपाली पत्रकारिता र तामाङ पत्रकार’ भन्ने मूल नाराको साथ आयोजना गरिएको अन्तरक्रिया तथा शुभकामना आदन प्रदान कार्यक्रममा पाख्रीवास नगरपालिका वडा नं.७ का वडाध्यक्ष देवेन्द्र तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष पेमा कुमारी लामा, तामाङ पत्रकार संघकी केन्द्रिय सदस्य एवं प्रदेस इन्चार्ज मानवी मोक्तान, प्रेस सेन्टरका प्रदेस सचिव इश्वर थापा, साहित्यकार केजी सुव्वा, समाजसेवी यज्ञ घिसिङ तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष चन्द्रमाया तामाङको अध्यक्षतमा सम्पन्न भएको थियो ।  


  • Dhankutapress

थप