Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

हिरासतमा प्रहरीको अमानविय व्यवहार

प्रहरीले सुत्ने कोठामा नै पिसाव फेर्न बाध्य पारेको पहिचानवादी नेताहरुको गुनासो

  •   ३ वर्ष अघि | ३० मंसिर २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटामा पक्राउ परेका पहिचानवादी नेता तथा कार्यकर्ताहरुले आफूहरुलाई स्थानिय प्रशासनले हिरासतमा लिएर अमानविय व्यवहार गरेको गुनासो गरेका छन् । 

स्थानिय प्रशासनले विना कारण आफूहरुलाई विना पक्राउ पुर्जी अपहरणको शैलीमा ल्याएर ४ दिन देखि हिरासतमा लिएको भन्दै उनीहरुले मानव अधिकारकर्मी एवं स्थानिय संचारकर्मीहरुलाई सनिवार यस्तो गुनासो गरेका हुन् । स्थानिय प्रहरी प्रशासनले हिरासतमा राख्दा हदैसम्म अमानविय व्यवहार गरेको भन्दै धनकुटाको सिधुवाबाट पक्राउ परेका पहिचानवादी नेता सूर्यमादेनले गुनासो गरे । हामीले सिधुवामा एमालेको कार्यक्रम विथोल्ने गरी केही पनि नगरी वसी रहँदा पनि प्रहरीले अपहरणको शैलीमा विना कसुर पक्राउ गरेको भन्दै आपत्ति जनाए । 

उनले जिल्ला प्रहरी कार्यालय धनकुटाको पुरुषलाई राख्ने हिरासदको कोठा अत्यान्तै साँगुरो रहेको उक्त कोठामा १७ जनालाई एकै ठाउँमा राखेको बताए । मादेनले भने–‘हामी मानवअधिकारकर्मी एवं संचारकर्मीहरुलाई भन्न चाहान्छौं, प्रहरीले हामीलाई पिसाव फेर्नको लागि पनि वाहिर जान दिएन, सुत्ने कोठामै २ वटा प्लाष्टिकको भाँडामा फेर्न लगायो, यो कतिसम्म जायज हो, सरकारसम्म पु¥याई दिनुहोस ।’ 

हिरासदमा रहेका अर्का पहिचानवादी नेता एवं कियाचु धनकुटाका अध्यक्ष कमलसिं तिगेला लिम्वुले भने–‘हामीलाई प्रहरीले विना कसुर पक्राउ ग¥यो र नियन्त्रणमा लिएको ४ दिन वित्न लाग्दा पनि छोड्दैन, हामी न्याय खोज्न कहाँ जाउँ ।’ उनले भने–हामी मंसिर २७ गते पक्राउ प¥यौं तर, प्रहरीले पक्राउ पुर्जी आज वनाएर जवर्जस्ती सहि गराउँदैछ, यो के हो ? भन्दै अधिकारकर्मीहरुलाई प्रश्न गरे । आफूहरुलाई प्रहरीले एक त साँगुरो कोठामा १७ जनालाई शारिरिक यातना नदिए पनि हामीलाई मानशिक रुपमा अमानविय व्यवहार ग¥यो भन्ने आफूलाई लाग्यो र अधिकारकर्मीलाई जानकारी दिन बोलाएको वताए । ‘अर्को खुल्ला कोठा हुँदाहँदै पनि एउटै कोठामा खाँदेर किन राखेको भन्ने प्रश्न स्थानिय प्रहरी प्रशासनलाई गर्न चाहान्छु’–तिगेलाले भने । किराया धनकुटाका अध्यक्ष उद्धवमणी राईले प्रहरीले आफूहरुलाई बिना कारण पक्राउ गरेर ल्याएर नानाथरी तिनपुस्ते बयान लिएर हैरान लगाएको बताए । ’फोटो समेत खिच्नको लागि प्रहरीले दबाब दिईरहेको छ, हामी मान्दैनौ‘-अध्यक्ष राईले भने ।

सोही क्रममा हिरासदमा बन्दी बनेकाहरुको गुनासो सुन्न फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा, मानव अधिकार शान्ति समाज धनकुटाका अध्यक्ष एवं पत्रकार महासंघ धनकुटाका सचिव हरी वहादुर लम्जेल, मानव अधिकार तथा सचेतना केन्द्र (हुसाडेक) नेपालका प्रतिनिधि खेम वहादुर थापा, सम्वाद समूह धनकुटाका संयोजक एवं कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारी, इन्सेक प्रतिनिधि इश्वर थापा, कानुन् व्यवसायी एवं अधिकारकर्मी नारयणजुन राई लगायतको टोली पुगेका थिए । पक्राउ परेका महेश कुमार राई र उमा राईलाई भने छुट्टाछुट्टै कोठामा वेग्ला वेग्लै  राखिएको थियो ।   

सो विषयमा प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलले पक्राउ परेका पहिचानवादीहरुलाई आईतवार छोड्ने बताएका छन् । तर, ‘गाडी बन्द गर्न भने पाईन्दैन’ –उनले थपे । हिरासतमा प्रहरीको अमानविय व्यवहार भएको भन्ने गुनासोको विषयमा आफूले वुझ्ने प्रजिअ पौडेलले बताए । जिल्ला प्रहरी कार्यालय डिएसपी राजबाबु महर्जनले भने भवन अभावको कारण साँगुरो कोठामा हिरासदमा लिएको बन्दीहरुलाई राख्न बाध्य भएको जानकारी दिए । पिसाव फेर्ने कोठा र सुत्ने कोठाको विषयमा भने विचार गर्न सकिने उनले बताए । 

धनकुटाको लेगुवा र सिधुवामा एमालेको संकल्प अभियानलाई अवरोध गर्न खोजेको भन्दै १९ जनालाइ प्रहरीले वुधवार र विहिवार नियन्त्रणमा लिएको थियो । अध्यक्ष केपी ओलीलाई स्वागतको लाइनमा बसेर अभद्र व्यवहार गरेका स्थानिय महेस कुमार राइ सहित पहिचानवादीहरुलाई नियन्त्रणमा लिएको धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिए । उनीहरुलाई शान्ति सुरक्षामा खलल पु¥याउन खोजेको आशंकामा पक्राउ गरिएको वताए । 

पक्राउ पर्नेहरुमा धनकुटा जिल्ला कियाचु अध्यक्ष कमलसिं लिम्वु, यायोखा जिल्ला अध्यक्ष उद्धवमणी राई, किराँत राई यायोखा पाख्रीवास नगर अध्यक्ष जितेन्द्र मामपाङ्ग, प्रदेश नं.१ पुनःनामांकन संघर्ष समिति संखुवासभाका संयोजक बिरेन्द्र छारा राई, यायोखा संखुवासभा जिल्ला सचिव उमाकुमारी राई, पनिल कुलुङ, करविर कुलुङ, जुद्ध राई, सोकुल राई लेगुवावाट पक्राउ परेका हुन् । 

त्यसैगरी धनकुटाको सिधुवाबाट पक्राउ परेका तेह्रथुम जिल्लाका पहिचानवादीहरु सूर्यमादेन, शंकर खेवा, नगेन साँवा, उदयदिप सम्वाहाम्फे, वोद्धराज लिम्वु, फौद्ध तुम्खेवा, दिपक लिम्वु, रुपेश लिम्वू, योगेन्द्र साँवा लिम्वू लगायतका गरी जम्मा १९ जनालाई पक्राउ गरिएको जिप्रका धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिए । 

  • Dhankutapress

थप