Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट चार जना पत्रकार पुरस्कृत हुँदै

  •   ४ वर्ष अघि | २५ साउन २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

काठमाडौं/नेपाल आदिवासी जनजाति महासंघ ९फोनिज०ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार पत्रकारले पाउने भएका छन्।

फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको पुरस्कार छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौंका अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरका अप्सरा समाललाई प्रदान गरिने छ।

त्यस्तै यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरिने भएको छ। बुङ्वाखाले बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुर्‍याउँदै आएको छ। पुरस्कार र सम्मान फोनिजको २३औँ स्थापना दिवसका अवसरमा २०७९ साउन २७ गते काठमाडौँमा आयोजना गरिने मूल समारोहमा प्रदान गरिने छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति पत्रकारिता पुरस्कार (२०७९’ र फोनिज मातृभाषा सम्मान(२०७९’ प्राप्त गर्नुहुने व्यक्ति तथा संस्थाको पेशागत तथा संस्थागत विवरण :

गोपाल देवाल, सुनसरी (आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७९) 

सुनसरी कर्मथलो बनाएर २०४२ सालबाट साहित्यिक पत्रिका ‘काँचुली’बाट पत्रकारिता सुरु गर्नुभएका गोपाल देवानले पत्रकारितामा तीन दशक बढी समय व्यतित गरिसकेका छन्। हाल उनी ‘विश्वस्त सूत्र साप्ताहिक’को सम्पादक तथा प्रकाशक हुन्। दृष्टि साप्ताहिकलगायत दर्जनभन्दा धेरै सञ्चारमाध्यममा काम गरेको अनुभव देवानसँग छ। उनले धरानको ब्लाष्ट टाइम्स दैनिकका संस्थापक सम्पादक भएर समेत काम गरिसकेका छन्। साहित्यमा ‘अविराम क्रान्ति’ नामले परिचित उनी ‘आरम्भ नाट्य डबली’को अध्यक्षसमेत हुन्।

अनिता गुरुङ, काठमाडौं : (आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७९)

हाइलाइट्स टुरिजम डटकमको कार्यकारी सम्पादक अनिता गुरुङले २०५६ सालमा ‘रेडियो सगरमाथा’बाट पत्रकारिता सुरु गरेकी हुन्। सगरमाथा टेलिभिजनमा करिब १० वर्ष नेतृत्वदायी भूमिकामा काम गरेकी उनी लामो समयदेखि गोरखापत्र दैनिकको गुरुङ भाषा पृष्ठ संयोजकका रूपमा कार्यरत छन्। फोनिजका निवर्तमान सल्लाहकार गुरुङले रेडियो नेपालमा मिडिया विज्ञ भएर काम गरेकी छन्। पत्रकारिता क्षेत्रमा बहुआयामिक छवि बनाएकी अनिता गुरुङले सञ्चारजन्य विभिन्न संघ(संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन्।

राजु चौधरी, चितवन : (आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७९)

चितवनलाई आधार बनाएर पत्रकारितामा क्रियाशील राजु चौधरीले २०६७ सालमा कायाकैरन दैनिकबाट पत्रकारिता सुरु गरेका हुन्। २०७२ सालसम्म कायाकैरनमा काम गरेका थिए। अभियान टेलिभिजन, रेडियो अर्पण, नमस्ते टेलिभिजन र रेडियो ध्रुवतारामा समेत उनले काम गरिसकेका छन्। २०७० देखि २०७५ सालसम्म चितवनबाट इमेज टेलिभिजनमा आवद्ध भएर काम गरे। हाल कान्तिपुर टेलिभिजनको चितवन संवाददाताका रूपमा काम गरिरहेका छन्। उनी फोनिजको निवर्तमान संघीय सदस्यसमेत हुन्।

अप्सरा समाल, उदयपुर : (आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७९)

अप्सरा समाल उदयपुरमा रहेर लामो समयदेखि रेडियो पत्रकारित गरिरहेकी छन्। समालसँग सामुदायिक रेडियो उदयपुरमा पाँच वर्ष कार्यक्रम संयोजक तथा समाचार प्रमुखका रुपमा काम गरेको अनुभव छ। उनले सोही रेडियोमा चार वर्ष स्टेशन मेनेजर भएर कुशलतापूर्वक नेतृत्व गरेकी छन्। फोनिज उदयपुरको अध्यक्ष हुँदै हाल प्रदेश १ को उपाध्यक्ष हुन्। उनी विभिन्न पत्रकारजन्य संस्थामा समेत आबद्ध हुन्।

बुङ्वाखा मासिक : (फोनिज मातृभाषा पत्रकारिता सम्मान-२०७९)

बुङ्वाखा बान्तावा राई भाषामा प्रकाशन भइरहेको मासिक पत्रिका हो। २०६१ मङ्सिर २४ गते स्थापना भई पुसदेखि निरन्तर प्रकाशनकामा रहेको बुङ्वाखाको हालसम्म २०८ पूर्णांक प्रकाशित भइसकेको छ। बुङ्वाखामार्फत बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुगेको छ। मातृभाषा पत्रकारितामा उल्लेख्य योगदान गरेवापत ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार(२०७० प्राप्त गरिसकेको बुङ्वाखा प्रेस काउन्सिल नेपालको वर्गीकरणमा १० वर्षदेखि नियमितरूपमा ‘क’ वर्गमा रहँदै आएको छ।

  • Dhankutapress

थप