पञ्चमाया तामाङ
धनकुटा प्रेस सम्वाददाता
धनकुटा/अविरल वर्षाको कारण बाढीले भत्काएपछि अबरुद्ध भएको कोशी राजमार्गको मुलघाट भेडेटार सडक खण्ड सनिवार साँझ ६ वजे देखी सन्चालनमा आएको छ ।
शुक्रवार राती र सनिवार विहान आएको अविरल वर्षाको कारण लेउती खोलाको वाढीले भत्काएको स्थानमा डाइभर्सन निर्माण गरि एकतर्फी सडक सन्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक ध्रुर्वनारायण श्रेष्ठले जानकारी दिए ।
सनिबार बिहानै देखि अबरुद्ध धरान धनकुटा सडक खण्डमा पर्ने लेउती, घण्टे भेडेटार खण्डमा रहेको सडक सन्चालनमा आएको हो । बिहानै देखि रोकिएका सयौं सबारीसाधनहरु गन्तव्य तर्फ लागेका छन् । लेउती खोलामा आएको बाढीले सनिबार बिहान सडक बगाएको थियो । जसका कारण कोशी राजमार्गमा पूर्ण रुपमा यातायात अबरुद्ध बनेको थियो ।
साँझ सडक खुले पनि खतरा भने कायम नै रहेको छ । मौसमले चुनौती दिइनै रहेकाले राती के हुन्छ भन्न नसकिने जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले धनकुटा प्रेसलाई बताएका छन् । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, सडक विभाग, जनप्रतिनिधिहरुको अथक प्रयास पछि करिव १४ लामो अवरुद्ध सडक साँझ खुल्न सफल भएको हो ।
- dhankutapress