Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

राष्ट्रिय सेवा दलको तालिमले विद्यार्थिहरुलाई अनुशासित र देशभक्त वनाउने

  •   ४ वर्ष अघि | २० पुस २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक सुरेशकुमार कार्कीले तालिम प्राप्त विद्यार्थीलाई अनुशासित मात्र होइन, राष्ट्रको सेवा गर्ने र गर्नुपर्छ भन्ने प्रेरणा जगाउने वताएका छन् ।

मोरङ्गको याङशिलामा रहेको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा उपस्थित बुद्धिजीवि तथा तालिममा सहभागिहरुलाई सम्बोधन गर्दै मंगलवार महानिर्देशक कार्कीले यस्तो वताएका हुन् । उनले मुलुक प्रजातान्त्रिक उन्मुख राष्ट्र भइसकेता पनि यहाँ उत्पादित धेरै धरोहरहरु विदेश पलायन भएको वताए । कार्कीले भने–‘मुलुक नै असक्षमहरुको देश भनेर परिचय दिने भइरहेको हुँदा तालिम प्राप्त विद्यार्थीहरु स्वदेशमा नै केही गर्नुपर्छ भन्ने ज्ञान राष्ट्रिय सेवा दलले दिने हुँदा तालिम उपयोगी मात्र होइन सक्षम र लिडर बनाउँछ ।’

महानिर्देशक कार्कीले साँझको तालिम प्राप्त विद्यार्थीहरुको नृत्यलाई नियाल्दै विद्यार्थीहरुले देशभक्ति सन्देश कलामार्फत प्रस्तुत गरेकोमा सहरानीय भएको बताए । राष्ट्रिय सेवा दल पूर्वी तालिमको हलमा ४८ जुनियर डिभिजनका तालिम प्राप्त विद्यार्थीहरुले सुनुवार, राई, थारु, मारुनी, मिथिला, तामाङ सेलो, कौडा जस्ता नृत्य प्रस्तुत गरिरहँदा हाम्रो नेपाल साँच्चैको साँझा फुलबारी रहेको बताउँदै महानिर्देशक कार्कीले भने–‘विदेशी संस्कृति नेपालमा भित्रिसकेको हुँदा त्यसलाई परास्त पार्न नेपाली मन सक्रिय हुनुपर्छ ।’ 

पूर्वी तालिम केन्द्रमा आयोजित फुटबल खेलको फाइनललाई अवलोकन गर्दै कार्कीले तालिम प्राप्त भइसकेका विद्यार्थीहरुलाई समेटेर समाजसेवा, विपद् व्यवस्थापन सम्बन्धि काममा समाहित गर्न सकिने पनि बताए । स्वस्तिका शिशु सदन अर्जुनधारा झापा र सुनसरी धरानको पब्लिक हाईस्कुल बीच फाइनल खेल भएको थियो । खेलमा स्वस्तिकाले १ विरुद्ध ३ गोल प्रहार गर्दै उपाधी जित्न सफल भएको थियो । सहभागि खेलाडीलाई महानिर्देशक कार्कीले उपविजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए भने विजेता स्वस्तिका शिशु सदनलाई ट्रफि सहित मेडल र प्रमाणपत्र क्याप्टेन शरण लिम्बूलाई प्रदान गरेका थिए । 

कार्यक्रममा पूर्वी तालिम केन्द्रका प्रमुख कर्णेल विमल केसी, एनप्याव्सनका केन्द्रीय उपाध्यक्ष जयकुमार श्रेष्ठ, प्याव्सन झापाका सहसचिव इश्वरा श्रेष्ठ, ब्लाष्ट टाइम्सका सम्पादक किशोर कार्की, यलम्वर टाइम्सका सम्पादक दिपीन राई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमपछि जुनियर डिभिजन तालिम प्राप्त विद्यार्थीहरुलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने प्रेरणा जगाउन विद्यालयको पनि ठूलो हात हुने उपस्थित अतिथिहरुले निर्देशक कार्की समक्ष राखेका थिए । 

कार्कीले तालिम लिएका जुनियर डिभिजनलाई सेनामा सहभागि गराउन मात्र नभइ स्वदेशमै केही गर्नुपर्छ र राष्ट्र बचाउन लाग्नुपर्छ भन्ने विभिन्न कार्यक्रमहरु लिएर आउने समेत जानकारी दिए । 

  • Dhankutapress

थप