Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

राष्ट्रिय सेवा दल एनसिसि क्याडेट जुनियर डिभिजनको ४७ औं व्याजको प्रदर्शनी धनकुटामा

भव्य रह्यो ४७ औं व्याजले प्रदर्शनी धनकुटामा

  •   ५ वर्ष अघि | २ माघ २०७८, आइतवार

पञ्चमाया थिङ तामाङ

धनकुटा प्रेस सम्वादाता 

करिब १ महिना देखी धनकुटामा जारी रहेको राष्ट्रिय सेवा दल एन सि सि क्याडेट  जुनियर डिभिजनको ४७ औं व्याजले धनकुटामा भव्य प्रदर्शनी गरेको छ । 

नेपाली सेनाले विद्यालय तहको विद्यार्थिहरुलाई २ तहको तालिम संचालन गर्ने क्रममा धनकुटामा पनि २ वटा विद्यालयहरु छनौट परेका छन् । यसै शिलशिलामा धनकुटा नगरपालिका वडा नं.७ चुलिवनमा रहेको निजामती आवसीय विद्यालय र धनकुटा नगरपालिका वडा नं.१ हिलेमा रहेको मनकामना वोर्डिङ्ग स्कुलमा अध्ययनरत दुवै विद्यालयका ३६÷३६ जना गरी जम्मा ७२ जना विद्यार्थिहरु तालिममा अव्यस्त रहेका छन् । 


यसैक्रममा निजमती आवसीय विद्यालय धनकुटाका छात्र–छात्राहरुले एक महिनासम्म सिकेका ज्ञान सिपलाई विद्यालयका अभिभावकहरु र विद्यालय परिवारको विचमा प्रदर्शनी गरेका छन् । निजामती आवसीय विद्यालय धनुकटाका प्रिन्सिपल सुरेश काफ्लेका अनुसार कक्षा ८,९ र १० कालाई जुनियर तह, र कक्षा ११ र १२ लाई सिनियर तहको तालिम दिइने गरिएको छ । राहात र उद्धारको क्षेत्रमा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न ३५ दिनको विद्यालयमा र १५ दिनको दोश्रो चरणमा याङशिला व्यारेक मोरङमा संचालन गरिने प्रिन्सिपल काफ्ले जानकारी दिएका छन् । 


यस तालिममा विद्यार्थिहरुलाई घोडाचडी, रक क्लाईम्बीङ (चटान चड्ने), पौडी र हतियार चलाउने तालिम समेत हुने गरेको छ । त्यसका अलभा नियमित पिटी परेड समेत हुने गर्दछ । यसवाट विद्यार्थिहरुले शारिरिक तन्दुरस्तीको अलभा त्वकन्दो, कराँते, भलिबल,फूटबल लगायतका खेलहरु र वक्तित्वकला समेत सिक्ने मौका पाउने छन् । तालिममा उत्कृष्ठ हुने विद्यार्थिहरुलाई (युथ एक्सचेन्ज) युवा आदन प्रदान कार्यक्रम अन्तर्गत अध्ययन तथा भ्रमणका लागी सार्क मुलुकमा समेत आदन प्रदान गर्ने व्यवस्था रहेको छ ।


देशभरी यो तालिम संचालन रहेकोमा धनकुटा जिल्लाको हिले स्थित् मनोकामना वोर्डिङ स्कुल र धनकुटा स्थित् निजामती आवशिय विद्यालयले भाग लिइरहेका छन् । विद्यार्थिहरुलाई करिव एक महिना अघि देखी पुर्वि तालिम शिक्षालय एन सि सि याङसिला व्यारेक मोरङमा कार्यरत जम्दार घनश्याम थापा मगर, सार्जन लिलवहादुर वुढाथोकी र सिपाही दिपेन्द्र भण्डारीले तालिम दिएका थिए । अहिले कोभिडको कारण तालिम रोकिएको छ । जम्दार घनश्याम थापा मगरका अनुसार कोभिडको महामारी शुरु नभएको भए यहि माघ ९ मनकामना मोर्डिङ्ग स्कुल हिले र माघ–२८ गते निजामती आवसीय विद्यालय धनकुटाका विद्यार्थिहरु १५ दिने थप तालिमको लागी मोरङको याङ्गसिला तर्फ जाने तयारीमा रहेका थिए ।  

  • धनकुटा प्रेस

थप