Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न

  •   ४ वर्ष अघि | ११ फाल्गुन २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सोमबार सम्पन्न भएको छ । चार वटा निर्णय तथा प्रस्ताव सर्वसम्मत पारित गर्दै नगर सभा सम्पन्न भएको हो ।

नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भिमादेवी खनालले प्रस्तावहरु प्रस्तुत गरेकी थिइन् । नगरका प्रवक्ता जम्सेर आठपहरियाका अनुसार नगर सभाले बिनियोजन ऐन संशोधन गरेको छ । त्यस्तै, गत साउनदेखि हालसम्म नगर कार्यपालिकाले गरेका निर्णयहरुलाई पनि नगर सभाले अनुमोदन गरेको छ ।

सभाले संघ, प्रदेशबाट वा नगरको सञ्चित कोषबाट बजेट प्राप्त भएमा सञ्चालन गर्ने गरी १४ वटा योजना तथा कार्यक्रमलाई स्वीकृति दिने प्रस्ताव पनि पारित गरेको छ । नगर कार्यपालिकामा कार्यरत कर्मचारीहरुको तलबी प्रतिवेदन पनि नगर सभाले स्वीकृत गरेको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।

नगर सभामा नगरप्रमुख, उपप्रमुख, १० वटै वडाका वडाध्यक्ष, वडा सदस्यहरु र कार्यपालिकाका सदस्यहरु सहभागि थिए । गत बैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो । निर्वाचनबाट नगरको दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरु चुनिएपछि गत असारमा धनकुटा नगरपालिकाको पहिलो नगर सभा सम्पन्न भएको थियो ।


  • Dhnakutapress

थप