धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेपाल पत्रकार महासंघ धनकुटा शाखाको वार्षिक साधारण सभा आगामी मंसिर–२९ गते हुने भएको छ ।
जिल्ला कार्यसमितीको मंगलवार वसेको बैठकले धनकुटाको चौविसे गाउँपालिकाको सदरमुकाम पर्यटकिय नगरी राजारानीमा गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।
साधारण सभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उप–समिति समेत गठन गरिएको छ । जसमध्ये स्थानिय तहसंग समन्वय समितिको संयोजकमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई रहेका छन् । सदस्यहरुमा विदुर खवास, देवकला कार्की, हरीबहादुर लम्जेल,इश्वर थापा, पूर्णकुमार चौधरी रहेका छन् ।
त्यस्तै गरी अतिथि स्वागत तथा सत्कार समितिमा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष देवकला कार्कीको संयोजक रहने गरी ५ सदस्सीय समिति गठन गरिएको छ । समितिको सदस्यहरु सर्मिला राई, मनिशा पोखरेल,आकृती राई,विकास घिमिरे रहेका छन् । यातायात व्यावस्थापन समितीको संयोजकमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विदुर खवास रहेका छन् । समितिको सदस्यहरु रविन कट्टेल, विकास घिमिरे,विश्वराज श्रेष्ठ र विशाल लम्जेल रहेका छन् ।
त्यस्तै खाद्य तथा मञ्च व्यावस्थापनमा नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरीबहादुर लम्जेलको संयोजकत्वमा ५ सदस्सीय समिति चयन गरिएको छ । सदस्यहरुमा इश्वर थापा, रविन कट्टेल, आशिष लिम्बु र नरेन्द्र राई रहेका रहेका छन् । त्यस्तै आर्थिक व्यावस्थापन समितीको संयोजकमा कोषाध्यक्ष रविन कट्टेलको संयोजकत्वमा समिति गठन गरिएको छ । सदस्यहरु अजयसन्तोषी राई, नेवनारायण चौधरी, विजयशेखर श्रेष्ठ र विश्वराज श्रेष्ठ रहेको शाखा सचिव हरि वहादुर लम्जेलले जानकारी दिए ।
त्यस्तै बैठकले नेपाल पत्रकार महासंघको भवन निर्माण गर्दा समितिमा रहेका संयोजक र सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघको नयाँ सदस्यता थप तथा नविकरणका लागि मंसिर २५ गतेसम्म आवेदन दिनका लागि सुचना जारी गर्ने निर्णय गरिएको छ ।
- Dhankutapress