Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा ६ महिनामा ४८ वटा मानव अधिकार उल्लंघन र ज्यादतीका घटना

  •   ४ वर्ष अघि | ४ असार २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले मानव अधिकार वर्षपुस्तक सन् २०२३ का लागि धनकुटामा वितेका ६ महिना भित्र भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटना शुक्रवार सार्वजनिक गरेको छ ।

            इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना गरि ४८ जना विभिन्न घटनाबाट पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो । जसमा घरेलु हिंसाका ३०, हत्या २, कुटपिट राज्यपक्षबाट १, गैरराज्य पक्षबाट ३, धारिलो हतियार प्रहार ३, महिला तथा बालिका बलात्कारका ८ र बलात्कार प्रयास १ घटना गरी जिल्लामा ४८ ओटा घटना अभिलेख गरेको सरोकारवाला समक्ष इन्सेक प्रतिनिधी ईश्वर थापाले वताए । गत वर्षभरिमा ५७ वटा घटना भएकोमा यो वर्ष ६ महिनाकै अबधिमा ४८ जना पिडित भएको हुँदा यो वर्ष मानव अधिकार उल्लंघनका घटना बढि हुन सक्ने अनुमान रहेको इन्सेक धनकुटा प्रतिनिधि थापाले जानकारी दिए ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताए । उनले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताए । धनकुटामा केही वर्षअघि उजुरी परेको बलात्कारका आरोपी पक्राउ परेका विषय कट्टेलले कानुनले कसैलाई क्षम्य नगर्ने बताउँदै खोजी भइरहेको बताए । उनले मानवअधिकार उल्लंघनका घटना कम गर्न सबैले पहल गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कट्टेल, प्रहरी निरीक्षक मान बहादुर श्रेष्ठ, हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मिहरुको उपस्थिती रहेको थियो ।

  • Dhankutapress

थप