Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाको मानवअधिकारको अवस्थाको वारेमा इन्सेक र युरोपियन युनियनले लियो जानकारी

  •   ४ वर्ष अघि | १ कार्तिक २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेशको समन्वयमा धनकुटामा मानव अधिकार रक्षक र युरोपियन युनियनका प्रतिनिधी बीच धनकुटामा मानवअधिकारको अवस्थाका वारेमा अन्तरक्रिया सोमवार सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक र युरोपियन युनियनको टोलीले धनकुटाको मानवअधिकारको अवस्थाको विषयमा जानकारी लिएको छ । छलफलमा डेलिगेशन द युरोपियन युनियन टुु नेपालका प्रतिनिधि डा.जोइले हिभानेट र लिसा सेफ्रासिक, युरोपियन युनियन कै शिवदत्त भण्डारी सहभागी थिए । त्यसैगरी इन्सेक मानव अधिकार शिक्षा कार्यक्रमका विभागीय प्रमुख मदन पौडेल, प्रदेश १ प्रमुख सोमराज थापाको टोलीले पनि धनकुटाको मानवअधिकारको अहिलेको अवस्थाका वारेमा जानकारी लिएका थिए ।

कार्यक्रममा पारालिगल सहयोग समिति धनकुटाका अध्यक्ष कोपिला शंकरले मानव अधिकार रक्षकलाई आफैँ काम गर्न सक्ने बनाउँदै गर्दा धनकुटामा अहिलेसम्म यस्ता कार्यक्रम हुन नसकेको बताईन । उनले कतिपय अवस्थामा मान अधिकार रक्षक नै भक्षक भएर व्यवहार गरिरहेको अवस्थामा धनकुटामा कसरी काम गर्ने भनेर अधिकारकर्मी आफै उल्टै अन्यौलमा रहेको बताईन । मानव अधिकार रक्षकहरुका लागि निश्चित मापदण्ड वा काम कर्तव्यको सिमा नहुँदा पनि समश्या उत्पन्न भएको हुन सक्ने शंकरले औल्याइन ।

महिला पुनस्थापना केन्द्र धनकुटाकी अध्यक्ष हिमा चेम्जोङले सञ्चार माध्यम तथा सामाजिक सञ्जालको कारणले पिडित महिला झन पीडित हुनुपरेको वताईन । पिडीत महिलालाई पटक पटक एउटै कुरा सञ्चारमाध्यम र सामाजिक सञ्जालले सार्वजनिक तथा विगत कोट्याइदिँदा समस्या भएको उनको भनाइ छ ।

हुसाडेक नेपालकी पूर्व अध्यक्ष गीता अधिकारीले पहिले र अहिले महिलाको अधिकारमा के कस्ता उपलब्धि भए यसको तथ्यांक विश्लेषण गर्नु पर्ने वताईन । उनले महिलालाई ओझेलमा राखेर देशको विकास हुन नसक्ने बताउदै आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिईन । 

गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मिनप्रसाद सुवेदीले राजनितिक दबाबका कारण धेरै पिडितहरुले न्याय पाउन नसकेको र पिडकको राजनितिक दलले संरक्षण गरिरहेको बताए । उनले न्यायको पहँुचमा पुग्नलाई राजनितिक दललाई कसरी छलेर जाने भन्ने विषयमा समस्या रहेको वताए । सुवेदीले समानताको कुरा महिलालाई मात्र नभइ ज्येष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्गता लगायत सिमान्तकृत समूदायलाई पनि आवश्यक रहेको उनको भनाई थियो ।

पत्रकार महासंघ धनकुटा पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरेले राजनितिक दलका धम्मीका कारण पत्रकारितामा समस्या रहेको बताए । उनले आफ्नो पक्षमा समाचार लेखाउन राजनितिक दलले पत्रकारलाई धम्क्याउने तथा आर्थिक प्रलोभनको आश्वासन दिएर सञ्चारकर्मीहरुलाई समस्यामा पार्ने गरेको बताए । घिमिरेले राजनितिक अवस्थाका कारणले निष्पक्ष समचार लेख्नबाट पत्रकारहरु चुकेको होकि भन्ने वेला वेला अनुभूति हुने गरेको औल्याए ।

पत्रकार महासंघ धनकुटा अध्यक्ष नगेन्द्र राईले सामाजिक सञ्जालका कारण पत्रकारिता धरापमा परेको बताए । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ का अध्यक्ष सन्तवीर लामाले संचार संस्था र मिडिया देखि जनप्र

तिनिधिहरु टाढा हुने गरेको औल्याए । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, अधिकारकर्मी  तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

  • Dhankutapress

थप