Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

विश्व हिन्दु परिषद र राष्ट्रिय प्रजातन्त्र पार्टीले वुझायो गृहमन्त्रिलाई ज्ञापन पत्र

  •   ३ वर्ष अघि | १३ भदौ २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/धरानमा गोरु काटेर भोज गर्नेलाई कार्वाहीको माग गर्दै विश्व हिन्दु परिषद नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाले वुधवार नेपाल सरकारका गृहमन्त्रिलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठाएका छन् ।

विश्व हिन्दु परिषद धनकुटाका अध्यक्ष मान वहादुर पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कुमार वहादुर थापाको अगुवाईमा गएको एक टोलीले धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम मार्फत नेपाल सरकारका गृहमन्त्रिलाई ज्ञापन पत्र वुझाएका हून् । पराजुली र थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनेका छन्–‘नेपालमा धार्मिक द्धन्द्ध निम्त्याउने उदेश्यले धरानमा केहि समूहद्धारा घटाइएको गौहत्या घट्नाको घोर भत्र्सना गर्दछौं ।’ गाई नेपालको राष्ट्रिय जनवार मात्र नभई वहुसंख्यक सनातनी हिन्दुहरुको आस्था र अन्तर आत्मासंग धार्मिक महत्व रहने भन्दै दुवै संगठनले गम्भिर आपत्ति जनाएका छन् । 

विज्ञप्तीमा भनिएको छ–‘नेपालको कानूनले गौहत्यालाई पूर्णता बर्जित गरेको भएता पनि दिनानुदिन गौहत्यको घट्ना वढ्नु गम्भिर एवं चिन्ताजनक विषय भएको उल्लेख छ ।’ नेपालको कानूनमा गौहत्यलाई दण्डनिय अपराध भनेर उल्लेख गरेतापनि दण्डहिनता मौलाएकोले यस्ता खाले कृयाकलाप तत्काल रोक्न सरकारसंग दुवै संगठनले ज्ञापनपत्र मार्फत माग गरेका छन् । 

घट्नामा संलग्न केहि समूहहरुले सार्वजानिक रुपमै गौमांसको भोज आयोजना गरेर सामाजिक संजालमा सम्प्रेषर्ण गर्दा समेत प्रहरी प्रशासन मौन रहनुले प्रहरी प्रशासनको चरित्र माथि प्रश्न चिन्ह खडा भएको उनीहरुको ठम्याई रहेको छ । 

उनीहरुले धरानको एक हिन्दु मन्दिर अगाडी चर्च वनाउने कार्य भईरहँदा धरानका नगर प्रमुखको मौन समर्थन र संलग्नताले धरानमा हिन्दु विरोधी तत्वहरुको मनोवल वढेको आशंका गरेका छन् । नेपालको राष्ट्रिय जनावारको रक्षा एवं वहुसंख्यक जनताको भावानाको कदर गर्दै गौहत्यमा संलग्नलाई कानून् वमोजिम सरकारले कडा भन्दा कडा कार्वाही नगरे थप आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् । उनीहरुले धनकुटा वजारमा भेला भएर जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअ गौतमलाई ज्ञापनपत्र वुझाएका थिए । 

सो अवसरमा ज्ञपानपत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले दुवै संगठनको ज्ञापनपत्रलाई सम्बन्धित् ठाउँमा तत्काल पठाउने प्रतिवद्धता जनाए । गौतमले भने–‘अन्य जिल्लामा जे जस्तो घट्ना परिघटना भए पनि धनकुटा जिल्लाको हकमा कोहि कसैसंग द्धन्द्ध ननिम्तियोस ।’ धनकुटा जिल्ला हिजो पनि शान्ति, आज पनि शान्ति र भोली पनि शान्ति कायम रहोस भन्दै सवैलाई सद्धभाव कायम गर्न प्रजिअ गौतमले आग्रह गरे ।  

  • Dhankutapress

थप