धनकुटा प्रेस सम्वाददाता
धनकुटा/तेह्रथुम जिल्लाको आठराई गाउँपालिका जडा नं.६ हात्तिखर्कमा शुक्रबार दिउँसो आगलागी हुँदा १४ घर जलेर नस्ट भएको छ ।
घर संगै स्थानिय ५० विर्षया याङ्गडोल्मा बल तामाङआगलागीमा परि घाईते भएकी छन् भने १४ घर का ४१ जना विस्थापित भएका छन् । आगालागीको कारण ३ करोड भन्दा वढीको क्षति भएको स्थानिय शिक्षक कृष्ण मोक्तान तामाङले इलाका प्रहरी कार्यालय आठराई संक्रान्तीलाई उधृत गर्दै धनकुटा प्रेसलाई जानकारी दिएका छन् ।
आगलागी भएको करिव १२ घण्टापछि फिदिम नगर पालिका पाँस्थरबाट आएको दमकलको सहयोगमा नियन्त्रण गरिएको स्थानिय शिक्षक पासाङ योन्जन तामाङले वताए । आगलागी नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानिय जनप्रतिनिधि र स्थानीयवासीको सक्रियतामा सनिवार राति ३ बजे नियन्त्रणमा आएको शिक्षक योन्जनले वताए ।
हावाहुरुसंगै भएको भीषण आगलागीबाट चुहानडाँडाको हातिखर्कको तल्लो तामाङ बस्ती सखाप भएको छ । १४ घर जलेर पूर्ण रुपमा क्षति भएको छ । आगलागीबाट घाईते भएकी स्थानीय ५० वर्षिया याङ्डोल्मा बल तामाङको जिल्ला अस्पताल पाँस्थरको फिदिममा उपचार भईरहेको घाईतीकी जेठी छोरी मेनु तामाङले वताईन ।
तामाङ समुदायको बसोबास रहेको हातिखर्कमा १४ घर मध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खालि रहेको आठराई गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिएका छन् । आगलागीबाट ९ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात, लत्ताकपडा र चौपाय समेत सम्पुर्ण जलेर नष्ट भएको छ ।
आगलागीबाट सोम बहादुर लामाखोर तामाङ, विरधन घिसिङ, आस बहादुर घिसिङ, भिम बहादुर वाइबा तामाङ, सर्न वहादुर योञ्जन तामाङ, र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ । त्यसैगरी सुरेन्द्र वाइबा तामाङको घरमा बस्दै आएका दोर्जे बल तामाङ, दलबहादुर तामाङको घरमा बस्दै आएका सुभास घिसिङ र अमर बहादुर वाइबाको घरमा बस्दै आएका लाममणी तामाङको घरसंगै अन्नपात,लत्ताकपडा र पशु चौपाय जलेर नष्ट भएको हो ।
त्यस्तै रै बहादुर तामाङ, डिकमान तामाङ, संखर योञ्जन, जस बहादुर घिसिङ र भक्त बहादुर वाइबाको खाली घर पनि जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपया जलेर मरेको आठराई गाउँपालिका वडा नं.६ का निवर्तमान वडाध्यक्ष तेजमान कन्दङ्गवाले वताए । आगलागीबाट भीमकुमार वाईवा तामाङको १४ वटा वंगुर जलेर नष्ट भएको कन्दङ्गवाले वताए । आठराईको सुख्खाग्रस्त क्षेत्रमा रहेको हातिखर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ ।
हात्तिखर्कमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घरहरू भएकाले गाउँ नै सखाप हुदाँ ठूलो क्षतिभएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिम लिम्वुले बताएका छन् । उनले पिडित प्रति परिवारलाई ३० हजार नगद र लत्ताकपडा, भाँडाकुँडा गाउँपालिकाको तर्फबाट तत्काल राहात स्वरुप उपलव्ध गराएको वताए ।
तमोर नदिको किनार स्थानिय फाक्चुवा खोलाको दोभानबाट सुरु भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा ठूलो क्षति भएको हो । धनको क्षति भए पनि दिउँसोको समय भएकाले कुनै पनि मानविय क्षति हुनबाट भने जोगिएको छ । आगो तमोर नदीमा माछा मार्न हिडेकाहरुले लगाएको हुन सक्ने स्थानियको भनाई छ ।






- Dhnakutapress