धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/सरकारले धनकुटामा रहेका विभिन्न कार्यालयलाई अन्यन्त्र सार्न लागेको भन्दै नेकपा एमाले जिल्ला कमिटी धनकुटाले बिरोध जनाएको छ ।
सरकारले पाख्रिबास नगरपालिकामा रहेको राष्ट्रिय ब्यबसायीक कृषि अनुसन्धान कार्यक्रम र धनकुटा नगरपालिकामा रहेको तथ्यांक कार्यालयलाई अन्यत्र सार्न खोजेको भन्दै आईतबार पत्रकार सम्मेलन गरेर एमाले धनकुटाले बिरोध गरेको हो ।
सरकारले अन्ुसन्धान कार्यालयलाई ईलाम र तथ्यांक कार्यालय खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल वजार सार्न लागेको एमालेले विज्ञप्तीमा उल्लेख गरेको छ । सरकारको उक्त निर्णय तत्काल फिर्ता नगरे चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी एमालेले दिएको छ । एमालेले माघ १५ गते सर्वदलिय बैठक राखेर १६ गते धनकुटामा बिरोध ¥याली तथा जनसभा गर्ने बिज्ञप्तीमा उल्लेख गरेकोछ ।
सबै प्रक्रिया पुगेर पनि धनकुटामा एक सय शैयाको अस्पताल निर्माणमा समेत अहिलेको सरकारले बेवास्ता गरेको एमाले केन्द्रिय सदस्य एवं संघीय साँसद राजेन्द्र कुमार राईले आरोप लगाए ।
उनले केपी ओली सरकारको पालामा धनकुटाको बिकासको लागि बिनियोजित बजेट कटौती गरिएकोले त्यसलाई तत्काल सम्बोध गर्न पनि वर्तमान सरकारसंग माग गरे । उनले अहिलेको सरकारले धनकुटेली जनतालाई वसाँई सर्न वाध्य वनाएको आरोप लगाए । उनले भने–‘धनकुटाको विकासको लागि अहिलेको सरकार विरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको औल्याए ।’ सरकारले आफ्नो निर्णय नसच्याएम चरणवद्ध आन्दोलनमा उत्रने नेकपा एमाले धनकुटाका अध्यक्ष ईन्द्रमणी पराजुलीले जानकारी दिए ।
आईतबार नै एमालेले धनकुटा जिल्लाबाट प्रदेस, संघ र सात स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
नेकपा एमालेको ज्ञापन पत्र बुझ्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले कार्यालय स्थान्तरण सम्बन्धि सरकारबाट कुनै निर्णय नआएको र जिल्लाबासीहरुको मागलाई आफूले तत्काल सरकारलाई पठाईदिने जानकारी दिए ।
यस अघि तत्कालिन सरकारले २०४९ सालमा हालको उच्च अदालत, साबिक क्षेत्रीय अदालतलाई धनकुटाबाट बिराटनगर सरोको थियो । त्यसैगरी वि.सं.२०७४ सालमा धनकुटामा रहेको भौतिक पूर्वाधार कार्यालय भोजपुर र सिधुवा वजारमा रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (तरकारी जोन) कार्यक्रम उ बेलाको गणतान्त्रिक सरकाररले चालै नपाई रातरात २०७८ सालमा तेह्रथुम सारेको थियो ।
- Dhankutapress