Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

मनसुनको समयमा विपदको घट्ना हुँदा उद्धार गर्ने पुर्व अभ्यास कार्यक्रम सम्पन्न

  •   ३ वर्ष अघि | २० जेष्ठ २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/मनसुनको समयमा उत्पन्न हुन सक्ने विपदका घटनाहरुको फौज परिचालन गरेर गरिने उद्धार कार्यको पूर्व ‘अभ्यास मनसुन–३’ कार्यक्रम सनिवार धनकुटामा सम्पन्न भएको छ । 

नेपाली सेनाको धनकुटा स्थित् भीमदल गणको आयोजनामा धनपा–९ स्थित तमोर नदीको विश्रान्ति मन्दिर ईलाकामा नेपाली सेनाका १९, सशस्त्र प्रहरीका १० र नेपाल प्रहरीको ४ जना सुरक्षा फौजले यस्तो पूर्व अभ्यास गरेका हुन् । सोही क्रममा आयोजना गरिएको पुर्व अभ्यास कार्यक्रममा २० जना स्थानिय सहित जम्मा ५३ जनाको सहभागीतामा एकिकृत रुपमा पुर्व ’अभ्यास मनसुन–३’ कार्यक्रम संचालन गरिएको भीमदल गण धनकुटाका सेनानी गोरे गुरुङ्गले जानकारी दिए । 

उनले नेपालमा मनसुनको समयमा हुने भारी वर्षाको कारण तराईमा डुबान र पहाडमा बाढीपहिरो जाने गरेको बताए । यस्तो वेला हुने जनधनको क्षतीलाई न्यूनिकरण गर्न वा विपतमा उद्धार गर्न सहयोग पु¥याउने उदेश्यले पुर्व अभ्यास गरिएको सेनानी गुरुङ्गले वताएका छन् ।  उनले भने–‘धनकुटा जिल्ला पनि पहाडी भू–भागमा अवस्थित रहेको छ ।’ तसर्थः यस क्षेत्रमा वर्षायाममा हुने बाढी, पहिरो र कटान जस्ता प्राकृतिक विपद्बाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहत कार्य प्रभावकारी रुपमा सम्पन्न गर्न १ दिने एकिकृत पूर्व अभ्यास कार्यक्रम संचालन गरिएको सेनानी गुरुङ्गले स्पष्ट पारे ।

यसरी आयोजना गरिएको एकिकृत पूर्व अभ्यासमा पहिरोमा परेको जनधनलाई रोप रेस्क्यु, बाढीमा परेका ब्यक्तिलाई ¥याफ्टिङ्ग बोटको सहायताले गरिने उद्दार कार्यको पूर्व अभ्यास गरिएको थियो । त्यसैगरी बाढीले बगाई रहेको ब्यक्तिलाई बोट नजाने स्थानबाट रोपको सहायताले गरिने उद्दार कार्यको पनि अभ्यास गरिएको थियो ।  

रिभर क्रसिङ्ग तथा प्रभावितहरुलाई तत्काल राहत कार्य लगायत प्रभावित ब्यक्तिहरुले अपनाउनु पर्ने सुरक्षात्मक विधी सम्बन्धमा पनि स्थानीयबासीलाई नेपाली सेनाले सचेतना कार्यक्रम संचालन गरेको भीमदल गण धनकुटाले जनाएको छ ।


  • Dhankutapress

थप