Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

आगामी वर्षको धनकुटाको वजेट ७ अर्ब, ९५ करोड

  •   २ वर्ष अघि | १७ असार २०८१, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्बाददाता

धनकुटा/नेपाल  सरकारका खानेपानी मन्त्री राजेन्द्र कुमार राईले आगामी आर्थिक वर्ष ०८१/०८२ मा विकास निर्माणको लागि धनकुटामा वजेट तथा योजनाको खोलो बगाएको दावी गरेका छन् । 

प्रेस चौतारी नेपाल धनकुटा शाखाले आईतवार विहान नेपाल पत्रकार महासंघ धनकुटा शाखाको हलमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्रि राईले यस्तो दावी गरेका हुन् । उनले आथिृक वर्ष ०८१/०८२ को वार्षिक विकास कार्यक्रम अन्तर्गत संघीय सरकारबाट विनियोजन भएको वजेटको सन्दर्भमा वोल्दै मन्त्री राईले योजनाको लिष्ट र वजेट सहित सार्वजानिक गर्दै यस्तो दावी गरेका हुन् ।

पत्रकार सम्मेलनमा वोल्दै मन्त्री राईले भने–‘धनकुटा जिल्लाकोहकमा निरन्तर आउने वजेट वाहेक निरन्तरताको पहलकदमीबाट आगामी वर्ष उत्साहजनक वजेट विनियोजन गरेको छु ।’ उनले विनियोजित वजेटलाई मन्त्रालयगत पनि योजनाको नाम र शिर्षक सहित वजेट खुलाएर पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । 

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा धनकुटाको लागि आ.व.०८१/०८२ मा खानेपानी मन्त्रालय २ अर्ब, ५० करोड, शहरी विकास मन्त्रालय १ अर्ब, ५ करोड, भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय २ अर्ब, १० करोड, वन वातवरण मन्त्रालय १ करोड, ५० लाख, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ५ करोड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ४० करोड विनियोजन गरिएको उल्लेख छ ।

त्यसैगरी गृह मन्त्रालय २० करोड, १० लाख, सूचना तथा संचार मन्त्रालय २० करोड, २५ लाख, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय १ करोड, ५ लाख, यूवा तथा खेलकुद मन्त्रालय १ करोड, १५ लाख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ७० करोड, ६५ लाख, कृषि तथा पशुपंक्षि विकास मन्त्रालय ५ करोड, ५ लाख विनियोजन भएको बताए । 

त्यसैगरी महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय ७ करोड, १० लाख, संस्कृति,पर्यटन तथा नागरिक उड्यायन मन्त्रालय २ करोड, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय २५ लाख, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जम्मा २३ लाख र विशेष तथा समपुरक अनुदान १५ करोड, ६२ लाख गरी जम्मा ७ अर्ब, ९५ करोड, ५ लाख रुपयाँ विनियोजन भएको पत्रकार सम्मेलन मार्फत जानकारी मन्त्री राईले दिएका हुन् । 

प्रेस चौतारी नेपाल जिल्ला शाखा धनकुटाका अध्यक्ष रविन कट्टेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्ेमलनमा नेकपा एमालेका जिल्ला सचिव पर्शुराम नेपाल, उपसचिव नैन विश्वकर्मा, एमाले नेता भीम राई लागयतको उपस्थिति रहेको थियो ।   

  • dhankutapress

थप