धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.–५ स्थित ज्यामिरेका ७० वर्षीय मानबहादुर बस्नेतको हत्या आफ्नै नातीले हत्या गरेको खुलेको छ ।
हत्याको घट्ना विहिवार रातिको हो । घट्नामा संलग्न भएको आशंकामा शुक्रवार विहान ६.३० वजे पक्राउ परेका सोही वडाको सालघारी घर भएका वर्ष २२ का निरज कटुवालले प्रहरी सामु आफूले मावली हजुरवुवा मान वहादुरको हत्या गरेको स्वीकारेका छन् । उनले प्रहरी सामू वयानमा अझै ५ जनालाई काट्ने धम्की दिएका छन् ।
बस्नेतको घर भन्दा १५ मिनेट टाढा सालघारी घर भएका नाति निरज कटुवालले रातको समयमा आएर मावली वाजेलाई हत्या गरेको प्रहरीलाई वयानमा वताएका छन् । घट्ना कति वजे भयो भन्ने एक्किन नखुले पनि रातको समयमा मावली वाजे सुतिरहेको कोठामा गएर शुरुमा हलोको अनौ फुकालेर हानेका थिए । हलोको अनौले हान्दा तत्काल नमरेको र लामो समय छट्पटाए पछि फेरी खुकुरी खोजेर ल्याएर घाँटी छिनाएको कटुवालले वयानमा वताएका छन् ।
स्रोतका अनुसार खुकुरीले वस्नेतको घाँटी काटिसके पनि छटपटाउन नछाडेपछि हात खुट्टामा समेत खुकुरी प्रहार गरेका थिए । त्यसपछि वस्नेतको टाउँको घट्ना स्थल भन्दा केहि पर खोला छेउमा लगेर ढुङ्गा माथि लगेर राखेका थिए । ढुङ्गा माथि राखेर हेर्दा पनि वस्नेतले आँखा हेरिरहेको र नमरेको भन्दै विलेटले कान काटेर गोजीमा हालेको र वाँकी भाग ढूङ्गाले किच्याएर घर नजिकैको लिचिको फेदमा लगेर पुरेका थिए । मावली वाजेको टाउँको लिचिको फेदमा पुरेर कटुवाल आफ्नो घरमा गएर सुतेका थिए । मृतक वस्नेतका भाई कमल वस्नेतले शुक्रवार विहान उठेर दाजुलाई हेर्न जाँदा मरिरहेको देखेका थिए । त्यस पछि उनले छरछिमेकीलाई हल्ला गरेका थिए । घट्ना भएको थाहा पाएपछि स्थानियले लेगुवा प्रहरी चौकीलाई जानकारी गराएका थिए । प्रहरीले घट्ना घटेको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएस्पी नरेन्द्र कुँवरको कमाण्डामा प्रहरी टोली घट्ना स्थल पुगेको थियो ।
वस्नतेका भाइ कमल, एक जना दिदि घट्ना घटेको घरमा वस्दै आएका थिए । दोश्रो कोठामा सुतेका बस्नेतको हत्या भएको शुक्रवार विहान भाई कमलले देखे पछि घट्ना वाहिरिएको हो । शुक्रबार बिहान उनी बस्दै आएको घर भन्दा १ किलो मिटर टाढा गाडि राखिएको अवस्थामा एउटा कान र टाउको फेला फेला परेको थियो भने एउटा कान कटुवालले खल्तीमा हालेर सुतेको अवस्थामा प्रहरीले फेला परेको थियो ।
घट्ना स्थल देखी करिब १ किलोमिटर टाढा दुरीमा वस्नेतको टाउको फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले जानकारी दिए । वस्नेतको शवको पोष्टमार्टम सनिवार जिल्ला अस्पताल धनकुटामा नभएपछि विपि कोईला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रहरीले जनाएको छ । वस्नेतको सव धरानमा पोष्टमार्टम गरि सनिवार साझ लेगुवा स्थित् अरुण नदीमा सदगद गरिएको प्रहरीले जनाएको छ । श्रोतका अनुसार घट्ना घटाउने कटुवाल गाँजा खाने गरेको र मावली वाजे वस्नेतले यस्तो चिज खानु हुँदैन भनेर सम्झाउँदा उल्टै रिसाउने गरेका थिए । गाँजा खाँदा मावली वाजे रिसाएको भm्वाँकमा कटुवालले नसामा डुवेर आवेगमा आएर हत्या गरेको हुनसक्ने दावी समचार श्रोतको छ ।
- Dhankutapress