जनु तामाङ
धनकुटा प्रेस सम्वाददाता
हिले/तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिले २८ औँ तामाङ प्रसारण दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि धनकुटाको हिलेमा वुधवार मनाएको छ ।
तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा तामाङ समुदायका अगुवाहरुले तामाङ पत्रकारहरुलाई वढी भन्दा वढी व्यवसायीक बनाउनु पर्ने आजको आवश्यक रहेको औल्याएका छन । उनीहरुले तामाङ पत्रकारहरुले विश्वासिलो र भरपर्दो समचार लेख्छन भनेर समाजको मन जित्न सक्नु पर्नेमा जोड दिएका थिए ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ कार्यक्रममा वोल्नु हुँदै ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले पत्रकारहरुले सत्य, तथ्यमा आधारित भएर समचार लेख्न सक्नु पर्ने बताए । तामाङले देशमा ४३ वटा स्थानिय तहमा तामाङहरु पालिका प्रमुख भैरहेको अवस्थामा १ नम्वर प्रदेशका ५ जना पालिका प्रखहरुलाई एकै थलोमा भेला पारेर सम्मान गर्ने कार्यक्रम तामाङ पत्रकार संघले पहिलो पटक आयोजना गरेको भन्दै धन्यवाद दिए । उनले तामाङ समुदायको भाषा, सँस्कार संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि तामाङ घेदुङले के गरिरहेको छ भनेर निर्वाचित जनप्रतिनिधिहरुले पनि ध्यान दिन जरुरी रहेको वताए ।
सम्मानित जनप्रतिनिधिहरु क्रमशः दाँयाबाट जिल्ला समन्वय धनकुटा प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, चैनपुर नगरपालिकाका प्रमुख कृष्ण कुमार तामाङ र धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष ओङद तामाङ ।
समन्वय प्रमुख तामाङले भने–‘तामाङहरु जनप्रतिनिधि भएर स्थानिय, प्रदेश र संघमा सरकारमा चाँही जाने तर, मातृ संस्था घेदुङ र हामी विच समन्वय नहुने हो भने कुनै अर्थ हुँदैन ।’ जनप्रतिनिधि भएर सरकारमा जानु भनेको नीति निर्माण गरेर वजेट व्यवस्थापन गर्नु रहेको भन्दै समन्वय प्रमुख तामाङले भने–‘अब जनप्रतिनिधिहरुको सहयोगमा तामाङको हितमा नेपाल तामाङ घेदुङले काम गर्न सक्नु पर्दछ ।’
त्यसैगरी धनकुटा नगरपालिकाबाट निर्वाचित मेयर चिन्तन तामाङले कुनै पनि निर्वाचनमा निर्वाचित हुनको लागि त्यति सजिलो नरहेको बताएका छन् । उनले निक्कै ठूलो त्याग र निःस्वार्थ भावले आफ्नो आकांक्षीहरुलाई दवाउन सक्नु पर्दछ, तब मात्र अघि वढ्न सकिने वताए । प्रमुख तामाङले भने–’पत्रकार, अब पत्रकार भएर बस्ने होईन, राजनितिमा लाग्नु पर्छ । ’उनले तामाङ पत्रकारले आफू र आफ्नो समुदायको नेताहरुलाई जिताउनको लागि कतिको अभियान चलाए भन्दै सहभागि तामाङ पत्रकारहरुलाई इङ्गगित गर्दै प्रति प्रश्न गरे । त्यसैगरी चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्ण कुमार तामाङले तामाङ जातिको भाषा, कला संस्कृतिलाई जिवन्त राख्न प्रचार प्रसार र संरक्षणका लागि तामाङ पत्रकारहरुले अगुवाई गरेर कलम चलाउनु पर्नेमा जोड दिए । तामाङहरु पछाडी परेको भन्दा पनि पछाडी पारिएको हुदा आफ्नो समुदायको हितको लागि सशक्तरुपमा कलम चलाउन नगर प्रमुख तामाङले पत्रकारहरुसंग आग्रह गरे ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ कार्यक्रममा आफ्नो धारणा राख्दै ।
वि.सं.२०५१ साल भाद्र १ गतेका दिन रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण सुरु गरेको दिनको सम्झनामा तामाङ संचारकर्मीहरुले तामाङ प्रसारण दिवस मनाउँदै आएका छन् । अवसरमा संघले गएको वैसाख–३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा तामाङ समुदायबाट निर्वाचित प्रदेश नं १ का विभिन्न पालिकाका जनप्रतिनिधिहरुलाई तामाङ टोपी (तागी), सम्मान पत्र र खदाले सम्मान गरेको हो ।
चैनपुर नगरपालिकाका प्रमुख कृष्ण कुमार तामाङ कार्यक्रममा आफ्नो धारणा राख्दै ।
संघले जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, चैनपुर नगरपालिकाका प्रमुख कृष्ण कुमार तामाङ, चौढण्डी नगरपालिकाका उदयपुरका प्रमुख कालुराम तामाङ, अर्जुनधारा नगरपालिका झापाका प्रमुख बलदेबसिं गोम्देन तामाङ र रोङ गाउँपालिका इलामका अध्यक्ष मनिकुमार स्याङबो तामाङ, धनकुटा न.पा. वडा नं.१ का वडाध्यक्ष ओङ्गद तामाङ लगायतलाई सम्मान गरेको हो । कार्यक्रममा धनकुटा नगरपालिकाको सहयोगमा मनकामना मिडिया हाउस धनकुटाले प्रकाशन गरेको ‘नगर समृद्धिको सारथि’ नामक पुस्तक समेत पालिका प्रमुखहरुलाई धनकुटाका नगर प्रमुख चिन्तन तामाङले प्रदान गरेका थिए ।

तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका अध्यक्ष मोहन तामाङको अध्यक्षतामा सम्पन्न शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा, वडा नं.१ का वडाध्यक्ष ओङद तामाङ, कृषि अभियान्ता एवं समाजसेवी जीवन कुमार राई, तामाङ घेदुङका कार्यवाहक अध्यक्ष गंगाराम गोम्देन तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा म्हानिपा घेदुङ धनकुटाका टोलीले शान्ती मंगलपाठ गरेका थिए भने ताम्वाहरुले साङ्गर्सेम समेत गरेका थिए ।
- Dhankutapress