धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डअन्तर्गत साँगुरीगढी–६ कोलबोटे स्थित् चारखोले गोलाईमा शनिवार यात्रुवाहक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । सनिवार अपरान्ह धरानबाट धनकुटाको पाख्रिबास नगरपालिकाको वडा नं.२ सान्ने तर्फ जाँदै गरेको को. १ ख. २७५५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सडकबाट ५० मिटर तल खस्ने क्रममा रुखमा अड्किएको अवस्थामा घटना स्थलमा रहेका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए । घाइते २६ मध्ये चार जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन् । सवै घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
- dhankutapress