Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

सुली थुपारेको पोखरीमा डुबेर २ बालकको मृत्यु

मृतकका परिवारलाई १५ लाख दिने सहमति

  •   २ महिना अघि | २५ चैत्र २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटामा पोल्ट्री फार्मले कुखुराको सुली थुपारेको पोखरीमा डुबेर २ बालकको सनिवार मृत्यु भएको छ ।

धनकुटा नगरपालिका वडा नं. १० पारीपात्ले मार्गास्थित बिजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं.–१० बस्ने ११ वर्षिया मनिश खतिवडा र धनकुटा नगरपालिका वडा नं.–९ बस्ने १५ वर्षिय दिपेश ओझा रहेको प्रहरीले जनाएको छ । 

मृत्यु भएका २ वालकलाई पोल्ट्री फार्म संचालकको तर्फबाट जनही १५ लाखका दरले दिने सहमती भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिए । सहमतीसंगै दुवैको आईतवार साँझ जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी आफन्तले लास वुझेको प्रहरीले जनाएको छ । 


  • Dhankutapress

थप