Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते, चार जनाको अवस्था गम्भीर

  •   २ वर्ष अघि | १५ जेष्ठ २०८१, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटाको छथर जोरपाटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

छथर जोरपाटी गाउँपालिका वडा नं. ४ पाथीभरा डाँडामा सिधुवाबाट मलामी लिएर त्रिवेणीघाटतर्फ जादै गरेको को १ त ७३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही गाउँपालिका वडा नं. ५ का ४२ वर्षिय विरबहादुर खनालको मृत्यु भएको धनकुटाका प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिए ।

दुर्घटनामा परि १९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर भएका चार जनालाई धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रनिष्ठान पठाइएको प्रहरी नायब उपरिक्षक महर्जनले जानकारी दिए ।

मृतक ४२ वर्षिय विरबहादुर खनाल

अन्य १५ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा छथर जोरपाटी गाउँपालिका ५ का ६–वर्षिय ढकबहादुर घिमिरे, छथर जोरपाटी गाउँपालिका ४ का ४३ वर्षिय अर्जुन थापा, सोही ठाउँका ४६ वर्षिय रेगिन्द्र अधिकारीलाई थप उपचारको लागि धरान पठाइएको प्रहरीले जनाएको छ । 

चालकले इन्जिन चालु अवस्थामा ट्रयाक्टर रोकेर पिसाब फेर्न गएको बेला एक जना यात्रुले ट्रयाक्टर चढ्दा गियर समाएर चढ्न खोज्दा ट्रयाक्टर गुडेर दुर्घटना भएको बताइएको छ । अधिकांश घाईतेहरु अधिकारी टोलका परेका छन् । 

  • dhankutapress

थप