Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवसको असवरमा लागूपदार्थ दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम गर्ने

  •   ३ महिना अघि | २६ साउन २०८३, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

पाख्रीवास/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीवास नगर समितिले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनकुटाको पाख्रीबासमा वुधवार लागूपदार्थ दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ।

ईलाका प्रहरी कार्यालय पाख्रीबास र धनकुटा हेल्पिङ ह्याण्ड्सको सहकार्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिको आयोजनामा “लागूपदार्थ दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको नगर सभापती विष्णु विक्रम निरौलाले जानकारी दिएका छन् । युवापुस्तामा बढ्दै गएको लागूपदार्थ दुव्र्यसनका कारण उत्पन्न हुने सामाजिक तथा व्यक्तिगत समस्याबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नगर समितिले जनाएको छ ।

कार्यक्रम श्रावण २७ गते बुधबार दिउँसो १२ः३० बजे पाख्रीबास स्थित जालपा देवी माध्यमिक विद्यालयको हलमा आयोजना हुने बताइएको छ । आयोजकले कार्यक्रममा सम्पूर्ण राजनैतिक दल, सरोकारवाला, युवा, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको उपस्थितिका लागि अनुरोध गरेको छ ।

  • dhankutapress

थप