धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा जिल्लामा मात्र बोलिने छिन्ताङ्गे भाषी राईको डिजिटल शब्दकोषको एक समारोहको विच मंगलवार लोकार्पण गरिएको छ ।
कोशी प्रदेश सरकारका माननिय निरन राई र यूनिभरसिटी अफ जुरिटन स्वीजरलेण्डका प्रा. डा. बाल्थाजार बिकेलले सहिदभूमि गाउँपालिकाको छिन्ताङ्ग स्थित् जालपा आधारभूत विद्यालयमा संयुक्त रुपमा एक समारोहको विच लोकार्पण गरेका हुन् ।
लोकार्पण गरिएको डिजिटल शब्दकोष सन् २००४ देखि २००९ सम्म छिन्ताङ्ग पुमा भाषा अभिलेखिकरणको बेला निर्माण गरेर प्रकाशित गएितापनि डिजिटल शब्दकोषको रुपमा २२ वर्ष पछि निर्माण गरिएको हो । जालपा आधारभुत विद्यालयका पुर्व प्रधानाध्यापक दलवहादुर राईको अध्यक्षततामा सम्पन्न शब्दकोष लोकार्पण समारोहमा प्रदेस माननिय निरन राई, धनकुटा वहुमुखी क्याम्पसका उप–प्राध्यापक इच्छापूर्ण राई, प्रा.डा.सबिने स्टोल, प्रा.डा. बाल्थाजार विकेल, छिन्ताङ्ग मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मातृका राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लोकार्पण समारोहमा स्थानिय समाजससेवी छिन्ताङ्गे भाषा विज्ञ लोकेन्द तेले राईले सहभागीहरुलाई स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक नारयण राईले गरेका थिए ।
- dhankutapress