धनकुटा प्रेस सम्वाददाता
धनकुटा/सोमबार राती ८ बजे देखि ९ बजेको समयमा करिब आधा घण्टा आएको हावाहुरीका कारण जिल्ला सदरमुकाम धनकुटामा दुई दर्जनभन्दा बढी घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साथै, धनपा–६ र ४ को सिमनामा पर्ने राष्ट्रिय बन सल्लेरी लगायत बजारको विभिन्न स्थानमा दर्जनौं सल्ला, रुद्राक्ष, फलेदो र उतिसका रुख ढलेका छन । रुख ढलेर सरकारी, निजी तथा विद्यालय भवनहरुमा २५ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार आयुर्वेद स्वास्थ्य उपचार केन्द्र, उच्च सरकारी वकिलको कार्यालयमा हावाहुरीको कारण १५ लाख, ५० हजार, निजामती आवशिय विद्यालय धनकुटा–७ चुलिबनमा ४ लाख र अन्य निजि घरहरु ५ लाख, ५५ हजार गरी जम्मा २५ लाख, ५ हजार वरावरको क्षति भएको छ
रुख ढलेको कारण धेरै स्थानमा क्षती पुगेको जनाइएको छ । त्यस्तै केही घरका छाना उडाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सरत कुमार थापा क्षेत्रीले जानकारी दिए । हावा हुरीका कारण रुख ढल्दा दर्जनौ सरकारी कार्यालयय, सरकारी तथा निजि विद्यालयहरुका भवनमा क्षती पुगेको प्रहरीले जनाएको छ । धनकुटा नगरपालिकाको मदनचोक, विहीबारे हटिया, माथिल्लो कोप्चे, बालमन्दीर, भिमनारायण चोक, विचबजार, निजामती आवशिय विद्यालय, बक्रकुण्ड मिन्दर धनपा–१ हिले, फोक्लयाण्ड टापु धनपा–६मा रहेका घरहरुमा क्षती पुगेको छ । त्यस्तै निगाले, कागते, सुकेपोखरी लगायतको स्थानमा समेत क्षती पुगेको छ ।
घरका छाना उडाएको, बिजुलीको पोल लडेका छन् । जिल्ला सदरमुकाममा वुधवार अपरान्हसम्म पनि बजार क्षेत्रमा विद्युत सुचारु हुन सकेको छैन । सदरमुकाम बाहिर पनि हावाहुरी आएकाले क्षती भएको हुन सक्ने प्रहरीको अनुमान छ । त्यस्तै रुख ढलेर कोशी राजमार्गको धनकुटा हिले खण्डको अवरुद्ध मंगलवार विहान हटाइएको छ । जिल्ला भरीको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिएका छन् ।
- dhankutapress