Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

निबुवा–तांखुवा जलाधार क्षेत्रको समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

  •   १ महिना अघि | १४ चैत्र २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटाको दुई वटा पालिकामा संचालन भैरहेको निबुवा तांखुवा जलाधार क्षेत्रको समीक्षा तथा योजना तर्जुमा गोष्ठी हालै सम्पन्न भएको छ । समिक्षा तथा योजना तर्जुमा गोष्ठीसंगै रातु नदिमा गरिएको असल अभ्यासको अध्ययन अवलोकन भ्रमण समेत सम्पन्न भएको छ । 

धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा सञ्चालन भईरहेको निबुवा–तांखुवा जलाधार ब्यवस्थापन योजनाका गतिविधिहरुको कार्यान्वयनको अवस्थामा र थप गर्नुपर्ने योजनाको विषयमा सरोकारवालाहरुसँग छलफल गरिएको छ । 

धनकुटा नगरपालिकाका प्रमुख तथा निबुवा–तांखुवा जलाधार ब्यवस्थापन निर्देशक समितिका संयोजक चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राई, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, हुसाडेक नेपालका अध्यक्ष सरोज भूजेल लगायत अन्य सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रम यहि चैत ८ र ९ गते मधेस प्रदेशको जनकपुर उप–महानगरपालिकामा सम्पन्न भएको थियो । 

गोष्ठीमा विभिन्न गतिविधिको लागि आवश्यक विषयमा क्रियाकलापहरूलाई पहिचान गरी र नयाँ थप्नुपर्ने क्रियाकलापहरु समावेश गरिएको थियो । हाल दुईवटा पालिकामा संचालनमा रहेको जलाधार योजना एक असल अभ्यासका रुपमा पहिचान बनाएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत एवं स्रोत व्यक्ति विकास अधिकारीले बताए । 

पाँच देखि १० वर्षका लागि बनाइने योजनामा राखिएका क्रियाकलापहरुलाई समीक्षा गरी सान्दर्भिक र थप चाहिने क्रियाकलापहरू समावेश गर्नका लागि योजना तर्जुमा गोष्ठी सफल दावी गरिएको छ । गोष्ठीमा मुख्य गरी दुईवटा क्रियाकलापहरु समावेश गरिएको थियो । पहिलो आगामी वर्ष विपद जोखिम न्यूनीकरणका लागि बनाइने क्रियाकलापहरूमा लैङ्गिक समानता तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि समावेश गरिने भएको छ । 

त्यसका साथै अर्को क्रियाकलापहरुमध्ये लैङ्गिक उत्तरदायी बजेटका लागि क्रियाकलापहरु पहिचान गरिएको छ । उल्लेखित क्रियाकलापहरूलाई आगामी वर्ष कार्यान्वयन गर्नका लागि निर्देशन समितिको बैठक बसी पारित गरिएको थियो । सो अवसरमा रातु खोलामा जलाधार ब्यवस्थापन सम्बन्धमा गरिएको असल अभ्यासहरुको अध्ययन अवलोकन भ्रमण समेत भएको थियो । 

योजना तर्जुमा गोष्ठीलाई सम्वोधन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले तीनवर्ष अगाडी तेह्रथुमको बसन्तपुरमा बसेर ४ वर्षको कार्ययोजना बनाएको वताए । तामाङले कार्यन्वयनमा देखिएका समस्या तथा आगामी योजनाको बारेमा गोष्ठीमा थप छलफल गरेर निर्णय गर्ने बताए । उनले योजनाको कार्यन्वयन छथर जोरपाटी गाउँपालिका र धनकुटा नगरपालीकाको सहकार्य भैरहेको स्पष्ट पारे । 

योजना तर्जुमा गोष्ठी समापन गर्दै नगर प्रमुख तामाङले भने–‘निवुवा तांखुवा जलधार क्षेत्रमा ५० हजार बिरुवा लगाउनुको साथै पोखरीहरू पनि बनाएका छौँ ।’ ‘त्यसका साथै धनकुटा नगरपालिकाको वडा नं. १ मा मुहानहरूलाइ संरक्षण गर्ने काम भइरहेको छ’–नगर प्रमुख तामाङले थपे । 

उनले भाषण भन्दा पनि छलफल गरेर कार्ययोजना बनाएर आगामी वर्षहरूमा काम देखाएर अघि वढ्नु पर्नेमा जोड दिए । निवुवा–तांखुवा जलधार क्षेत्रको निरन्तरता र योजनाहरुलाई मूर्तरुप दिनका लागि दुई पालिकाको मात्र प्रयत्नले नहुने इसिमोडको समेत निरन्तर सहयोग आवश्यक रहने नगर प्रमुख तामाङले औल्याए । साथै, उनले योजना तर्जुमा गोष्ठीमा सहभागी सरोकारवाला संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु सवैलाई सक्रिय सहभागिताको लागि धन्यवाद् दिए ।

इसिमोडको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि विषय विज्ञ नविन भट्टराई प्रस्ट पारेका थिए । कार्यक्रमको सञ्चालन धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत एवं स्रोत व्यक्ति विकास अधिकारीले गरेका थिए । 

  • Dhankutapress

थप