Breaking News
राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||     निर्माण व्यवसायी कार्की माथि कालोमोसो दल्नेलाई कार्वाहीको माग    ||     सरकारले कृषिमा लगानी बढाउनु पर्नेमा जोड    ||     संविधान र कानुनका ज्ञाता सुवाचन्द्र नेम्वाङ सधैका लागि अस्ताए    ||     फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले    ||     धनकुटा नगरपालिकाको बिदाई तथा स्वागत कार्यक्रममा ३७ वुँदा लामो सूझाब पत्र पेश    ||     अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन सनिवार देखी थाईलेण्डमा शुरु    ||    

सयपत्री फूलको खेतीले कृषकलाई मनग्ये आम्दानी

तिहार ढिलो आएपछि फूल ओइलिने चिन्ता

  •   १ महिना अघि | १५ कार्तिक २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं. ३  र ५ का स्थानिय कृषकहरुले धान फल्ने खेत र कोदो फल्ने बारीमा सयपत्री फूलको खेती गरेर गजबले आम्दानी गरिरहेका छन् । 

अन्नबालीको खेतीबाट भन्दा सयौं गुणा धेरै आम्दानी सयपत्री फूलले दिन थालेपछि उनीहरु सयपत्री फूलको ब्यबसायिक खेतीमा लागेका हुन् । सयपत्री फूलको खेति गरेरै लाँकुरे, सिप्तिङ्ग, चिउरीवोटेका स्थानिय कृषकहरुले बार्षिक ३५ लाख भन्दा बढी आम्दानी गरिरहेका छन् । तिहार आउन अझै डेड हप्ता वाँकी रहेकाले पनि उनीहरुलाई अहिले सयपत्री फूल जोगाउन चिन्ता वढी रहेको कृषकहरुले वताएका छन् । लामो समय देखी पानी नपरेपछि फूल ओहिलिन थालेकाले तिहारसम्म नटिक्ने होकि भन्ने चिन्ता उनीहरुको छ । 

स्थानिय खोला खोल्सीको पानी पनि सुक्न थाल्यो, खोलामा पानीको बग्न छाडेपछि खेत बाझिन थाल्यो । कोदो खेतीमा धरै शारिरिक श्रम गर्नु पर्ने भएकाले बैकल्पिक ब्यबसायको रुपमा सयपत्री फूलको खेती गर्न थालेको स्थानीय वर्ष ५४ का जितेन्द्र आठपहरियाले वताए । आठपहरियाले आफ्नै १० रोपनी जमिनमा लगाएको सयपत्री फूलको खेतिबाट बार्षिक २ लाख, ५० हजारसम्म आम्दानी गरिरहेको वताए ।

पहिले पहिले लोकल सयपत्री फूलको विउ लगाउँदा त्यति राम्रो फूलको खेती नभएपछि हिजो आज थाईलेण्डवाट आयतित् सयपत्री फूलको विउ लगाउँदा राम्रो आम्दामी भएको आठपहरियाले वताए । उनले अघिल्लो वर्ष २ लाख, ५० हजारको सयपत्री फुल विक्रि गरेको भए पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष अझ्झ आम्दामी वढ्ने दावी गरेका छन् । आठपहरियाले सयपत्री फूलको खेतीको लागी यो वर्ष १७ हजारको विउ खरिद गरेर रोप्दा गोडमेल गर्दा ४० हजार खर्चै भै सकेको वताए ।

सिप्तिङ्ग, लाँकुरे, चिउरीवोट गाउँका २५ घर परिवारले सयपत्री फूलको खेति गरेर राम्रै आम्दानी गरिरहेका छन् । सिप्तिङ्गका हरेक परिवारले २ रोपनी देखि १० रोपनी जमिनमा सयपत्री फूलको खेती गरीरहेका छन् । फूल खेतिबाट उनीहरुले न्यूनतम ५० हजार देखि २ लाखसम्म आम्दानी गरिरहेका छन् । त्यसो त धनकुटा नगरपालिका वडा नं.५ का गोविन्द श्रेष्ठले यो वर्ष २ हजार, ५ सय वोट सयपत्री फूल आफ्नो वारीमा रोपेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष ५ सय वोट वढी रोपेको श्रेष्ठले वताए । उनले अघिल्लो वर्ष खर्च कटाएर ३ लाख, ५० हजार आम्दामी गरेको बताए । 

यो वर्ष भने ४ लाख, ५० हजार भन्दा वढीको विक्रि गर्ने श्रेष्ठले दावी गरेका छन् । उनले भने–‘करिव १५ रोपनी वारीमा सयपत्री फूल लगाउँदा विउ खरिद र औषधीमुलो गर्दा ५० हजारसम्म खर्च भएको छ ।’ खर्च कटाएर कम्तीमा पनि ४ लाख आम्दामी गर्छु–उनले भने । तिहार लागेपछि प्रति वोट ३ सय रुपयाँमा त बारी मै विक्रि हुने गरेको गोविन्द वताउँछन् । उनले सयपत्री फूलको मुख्य वजार धरान–इटहरी रहेको वताएका छन् । 

विगत बर्ष देखि नै धनकुटा नगरको विभिन्न वडामा उत्पादन गरिएको सयपत्री फूलको ब्यापार धरान र इटहरी बजारमा हुँदै आएको छ । यस बर्ष पनि धरानको ब्यापारीहरुको माग अनुसार सिप्तीङ्ग र कर्मिटार गाउँबाट सयपत्रीको फुलको गुच्छा पु¥याउने तयारी रहेको अर्का सयपत्रि फूलका व्यवसायी रामकुमार राईले वताएका छन् । उनले होलसेल व्यापारीलाई प्रति थुँगा ५ रुपयाँ र २० थुँगाको १ मूठा वनाएर प्रति मूठा एक सय रुपयाँले विक्रि गर्ने गरेको वताए । तिहारलाई मुख्य टार्जेट गरेर सुरु गरिएको सयपत्री फूल काग तिहार देखि लक्ष्मी पुजाको दिन सम्ममा विक्री गरिसक्ने योजना रहेको कृषक राम कुमारले वताए । 

  • Dhankutapress

थप