Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

६७ औं सहकारी दिवस विविध कार्यक्रमको साथ धनकुटामा सम्पन्न

  •   ३ वर्ष अघि | २१ चैत्र २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वददाता 

धनकुटा/ ‘सहकारीमा सुशासन प्रविधि र एकिकरण’ भन्ने मूलनाराको साथ मंगलवार धनकुटामा ६७ औं राष्ट्रिय सहकारी दिवश विविध कार्यक्रमको साथ मनाईएको छ ।

 जिल्ला सहकारी संघ धनकुटाको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी ६७ औं राष्ट्रिय सहकारी दिवश धनकुटामा मनाइएको हो । सहकारी दिवशको अवसरमा धनकुटा नगरपालिका वडा नं।१० मा रहेको श्री आधारभूत विद्यालयमा अध्ययनरत २६ जना वौद्धिक अपाङ्ग सुस्त मनस्थितिका स्रोत कक्षाका बालबालिकाहरुलाई सहयोग पु¥याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा जिल्ला सहकारी संघ धनकुटाको तर्फबाट स्रोत कक्षामा अध्ययनरत वालवालिकाहरुलाई इलेक्ट्रिक तातोपानी तताउने फिल्टर, खाद्यन्न फलफूल र लत्ताकपडाहरु वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख निरेन तामाङले विद्यलयका प्रअ विनोदवावु सुवेदीलाई खाद्यन्न लगायतका सामाग्री हस्तान्तरण गरेका थिए । 

 जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ विनोद वावु सुवेदी, धनपा–१० का वडाध्यक्ष नगेन्द्र पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले सहकारीको पैसा कपचलन गने सहकारीका ठगहरु कानूनी कटघरामा उभ्याउनु पर्नेमा जोड दिएका थिए । साँझ धनकुटा–७ मदनचोकमा दिपप्रज्वनल समेत गरिएको थियो ।


  • Dhankutapress

सम्बन्धित समाचारहरु

थप  

थप