Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

बंगुरको मासुको मुल्य धनकुटामा प्रति केजी ४ सय ६० पुग्यो

मूल्य वृद्धिले सर्वसाधरण उपभोक्ता चरम मारमा

  •   ३ वर्ष अघि | २० माघ २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्ववाददाता 

धनकुटा/बंगुरको मासु धनकुटामा विहिवार देखी प्रति केजी ४ सय ६० पुगेको छ । वंगुर उत्पादनमा कमी हुनु र वंगुरको निर्यात धनकुटा बाहिर ह्वात्तै वढैसंगै वंगुरको मासुको मुल्य वढेको व्यवसायीहरुले बताएका छन् । 

धनकुटा–७ मदनचोक नजिकै मासु व्यवसाय गर्दै आएको जीवन खडुगीले भने–‘बंगुर महँगो मूल्यमा जिल्ला वाहिर खपत हुन थालेकाले स्थानिय स्तरमा पनि वंगुरको मासुको मुल्य वढेको हो ।’ वंगुर खरिद गर्दा महँगो पर्न थालेपछि आफूहरुले वाध्य भएर व्यवसायीहरुको एक आपसमा सल्लाह गरेर वंगुरको मासुको मुल्य प्रति किलो ६० रुपयाँले बढाएको खड्गीले बताए । यस अघि धनकुटामा वंगुरको मासु प्रति केजी ४ सय रुपयाँले पाउने गरेको थियो । 

यता धनकुटा नगरपालिका वडा नं.६ का वडाध्यक्ष एवं मासु व्यवसायी संघ धनकुटाका अध्यक्ष मिलन नेवाः खड्गीले बंगुरको मासुको मूल्य वढेको विषयमा आफूलाई थाहा नभएको वताए । वंगुरको मासुको मूल्य वढाउने विषयमा मासु व्यवसायी संघसंग कसैले पनि समन्वय नगरेको अध्यक्ष खड्गीले बताए । उनले मासुको मुल्य निर्धारण गर्न वा जिल्लामा दर रेट तोक्न छुट्टै समिति भएकाले मासु व्यवसायीहरुले मात्र आफू खुशी मुल्य वढाउन नमिल्ने वताए ।

धनकुटामा ०७५ सालसम्म वंगुरको मासुको प्रति केजी मुल्य २ सय ८० रुपयाँ मात्र थियो । ५ वर्ष पछि झण्डै १०० प्रतिसतले वंगुरको मासुको मुल्य ह्वात्तै वढेको छ । वंगुरको मासुको मुल्य साविक भन्दा १५–२० प्रतिसतको हाराहारीमा मूल्य वढ्दा उपभोक्ता अधिकार मंच धनकुटाका पदाधिकारी एवं सदस्यहरु भने कानमा तेल हालेर बसेका छन् । 

मासु व्यवासयीहरुले पनि उपभोक्ता अधिकार मंचका पदाधिकारी एवं मासु व्यवासयी संघका पदाधिकारीहरुसंग वसेर एक आपसमा छलफल नै नगरी प्रति केजी ६० रुपयाँ मासुको मूल्य वृद्धि गर्दा सर्वसाधरण उपभोक्ताहरु भने चरम मारमा परेका छन् ।  


  • Dhankutapress

सम्बन्धित समाचारहरु

थप  

थप