Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

उन्नाईस जिल्लाका किसानलाई फलफूल नर्सरी तथा बगैचा व्यवस्थापन सम्बन्धी तालिम

  •   ३ वर्ष अघि | १९ फाल्गुन २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/मध्यपहाडी जिल्लाका व्यवसायीक अमिलोजात फलफूल उत्पादक किसानलाई लक्षित गरि धनकुटामा आयोजना गरिएको सुन्तलाजात जात फलफूल नर्सरी तथा  बगैचा व्यवस्थापन सम्बन्धी ७ दिने आवसीय तालिम शनिवार सम्पन्न भएको छ । 

        राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकटाको आयोजनामा सम्पन्न तालिममा १९ जिल्लाका २० जना अमिलोजात फलफूल उत्पादक किसानको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिममा पछिल्लो समयमा अमिलोजात फलफूलमा किसानले भोग्नु परेको समस्या, समाधान गर्ने उपाय, किसानलाई प्राविधिक ज्ञान, बगैचा व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरा, नर्सरी किसानले गुणस्तरीय विरुवा उत्पादन गर्न अपनाउनु पर्ने विधि लगायत विषयमा तालिममा सहभागिहरुलाई प्रशिक्षण गरिएको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकटाका संयोजक बरिष्ठ बैज्ञानिक बसन्त चालिसेले जानकारी दिए । 

उनले १ नम्वर प्रदेश देखि सुदुरपश्चिम प्रदेशसम्मका किसानलाई एकै ठाउमा राखेर सबै ठाउको विषयमा जानकारी गराउदै तालिम सञ्चालन गरिएको हुदाँ किसानले सबै भुगोलको विषयमा जानकारी प्राप्त गरेको बताए । यो तालिमासगै किसानको बगैचा र नर्सरीमा सुधारहुने विस्वास समेत आफूले लिएको उनले जानकारी दिए । 

पछिल्लो समयमा अमिलोजात फलफूलमा देखिएको समस्याको विषयमा किसानसंग गहिरिएर छलफल भएको हुदाँ किसान तहमा पनि यो समस्याको समाधान हुनेमा आफू ढुक्क रहेको उनले जानकारी दिए । अमिलो जात फलफूलको विकास र व्यवस्थापनको विषयमा लामो समयसम्म अनुसन्धानमा खटिनुभएका प्रशिक्षकहरुद्धारा तालिम लिन पाउँदा आफुहरुले धेरै ज्ञान पाएको र पाएको ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै लाने तालिममा सहभागि किसानहरुले प्रतिबद्धता व्यक्त समेत गरेका छन । 

  • Dhankutapress

सम्बन्धित समाचारहरु

थप  

थप