Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

अंग्रेजी नयाँ वर्षको अवसरमा भेडेटारमा फुड फेस्टिवल आयोजना हुने

  •   ३ वर्ष अघि | ८ पुस २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा र धरानको संगम स्थलको रुपमा रहेको पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसर पारेर फुड फेस्टिवलको आयोजना हुने भएको छ । 

आयोजक होटल एशोसिएसन भेडेटारले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा आगामी पौष १५ देखि १७ गतेसम्म फुड फेस्टिवल हुने जानकारी दिएको हो । 

होटल एशोसिएसन भेडेटारले हरेक वर्ष फेस्टिवलको आयोजना गर्दै आइरहेको छ । यस वर्ष आयोजना हुने फेस्टिवल ११ औं संस्करणको हो ।

तीन दिनसम्म आयोजना हुने फेस्टिवलमा स्थानीय खानाका परिवार, स्थानीय अर्गानिक खेतीबाट उत्पादीत तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिने आयोजक होटल एशासिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताए । उनका अनुसार २५ वटा स्टल रहने छ । 

फेस्टिवल अवधिभर १ करोड रुपैया वरावरको आर्थिक कारोवार तथा ३० हजारसम्म वाह्रय तथा आन्तरिक पर्यटक घुम्न आउने अनुमान गरिएको सचिव लालवहादुर श्रेष्ठको भनाई छ । कार्यक्रममा वोल्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले भेडेटारमा हरेक वर्ष आयोजना हुँदै आइरहेको फेस्टिवल पर्यटकीय गतिविधि बढाउने माध्यम भएको बताए । 

फेस्टिवल संचालन गर्नका लागि २७ लाख ५० हजार रुपैयाको अनुमानित बजेट विनियोजन गरिएको छ । 

भेडेटारका होटलहरुमा फेस्टिवल अवधिभर खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा आउने पर्यटकहरुलाई सागुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने छ ।  

फेस्टिवलको सह–आयोजक प्राकृतिक वातावरण स्रोत तथा पर्यैटन भेडेटार (नेष्ट), भेडेटार आमा समुह, सहयोगी साँगुरीगढी गाउँपालिका रहेको छ । 

त्यस्तै मुख्य प्रायोजक गोर्खा व्रुअरी, सहप्रायोजक नेपाल डिस्ट्रिलरी प्रा.लि., प्रवद्र्धक नेपाल पर्यटन वोर्ड, एभेन्ट पार्टनर भेडेटार पाथिभरा क्लव र वैकिङ पार्टनर नविल वैंक र गुराँस माइक्रो फाइनान्स रहेको छ । 

  • Dhankutapress

सम्बन्धित समाचारहरु

थप  

थप