Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

महशुल नतिरेपछि निगाले सिमेण्ट उद्योगको विधुत लाईन चट्

  •   ३ वर्ष अघि | १४ पुस २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/विद्युत प्राधिकरणले धनकुटाको सिधुवास्थित निगाले सिमेन्ट उद्योगको लाइन शुक्रवार काटेको छ । प्राधिकरणलाई १५ करोड भन्दा बढी विद्युत महसुल नबुझाएपछि सिमेण्ट उद्योगको विद्युत लाइन काटेको हो ।

निगाले सिमेन्टले विद्युत प्राधिकरणलाई १५ करोड ८० लाख २८ हजार २ सय ५७ रुपैयाँ विद्युत महसुल भुक्तानी गर्न बाँकी छ । विद्युत प्रयोग गरेबापत प्राधिकरणलाई बुझाउँनु पर्ने ठूलो रकम भुक्तानी नगरेकाले प्राधिकरण केन्द्रको नीति अनुसार विद्युत लाइन काटिएको प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख रोशन सिंहले बताए । निगाले सिमेन्टले विद्युत प्राधिकरणलाई १५ करोड ८० लाख रकम बुझाउँन बाँकी छ । प्राधिकरण केन्द्रको नीति अनुसार हामीले उद्योगको लाइन काटेका छौं, सिंहले भने, यसरी ठूलो रकम नबुझाउने सबैको लाइन काटिंदै छु ।

प्राधिकरणले अन्य उपभोक्ताको भन्दा बढी क्षमताको विशेष लाइन उद्योगलाई उपलब्ध गराएको थियो । २०७२ साउनदेखि २०७५ जेठ महिनासम्म प्रयोग गरिएको डेडिकेटेड एवम् ट्रंक लाइनको १४ करोड २१ लाख महसुल निगाले सिमेन्टले भुक्तानी गरेको छैन । समयमै महसुल भुक्तानी नभएपछि त्यसमा फाइन जोडिएर भुक्तानी बाँकी रकम १५ करोड नाघेको हो ।

डेडिकेटेड फिडर एवम ट्रंक लाइनबाट विद्युत उपभोग गरी विद्युत महसुल नबुझाउने उद्योगहरूको लाइन प्राधिकरणले धमाधम काटि रहेको छ । प्राधिकरणले शुक्रबार मात्रै निगाले सिमेन्टसहित १४ वटा उद्योगको लाइन काटेको हो । गत पुस ६ गतेबाट विद्युत लाइन काट्ने अभियान थालेको प्राधिकरणले हालसम्म २३ वटा उद्योगको लाइन काटिसकेको जनाएको छ ।

  • Dhankutapress

सम्बन्धित समाचारहरु

थप  

थप