Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

हिलेमा कार्तिक १४ गते वृहत साँस्कृतिक कार्यक्रम हुने

  •   २ वर्ष अघि | ८ कार्तिक २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

जनु तामाङ

हिले/धनकुटाको हिलेमा आगामी कार्तिक १४ गते बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । आयोजक हिले व्याडमिन्टन क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दैैैै सांस्कृतिक कार्यक्रम हुने जानकारी गराएको हो ।

आगामी तीन महिना भित्रमा हुन लागेको तेस्रो राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको सहयोगार्थ हिले व्याडमिन्टन क्लबले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका बहुचर्चित कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक हिले व्याडमिन्टन क्लबका अध्यक्ष आशिष तामाङले जानकारी दिए ।

तेस्रो राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको लागि करिब २० लाख खर्च हुने अनुमान रहेको र त्यसका लागि सांस्कतिक कार्यक्रमसँगै अन्य सहयोग संकलनको काम भइरहेको क्लबले जनाएको छ । वि. स. २०७३ साल फागुन ३ गते स्थापना भएको हिले व्याडमिन्टन क्लब विभिन्न सामाजिक कामहरु गर्दै आएको अध्यक्ष आशिष तामाङले बताएका छन् । 

क्लबले हिलेमा कर्बड हल निर्माण, हरेक वर्ष विभिन्न अवसरको आयोजनामा रक्तदान, विभिन्न स्थानमा स्वास्थ्य शिविर, हिले बजारमा सडक बत्ती र सिसि क्यामेरा जडान लगायतका काम गरेको जनाएको छ । त्यस्तै क्लबले अशक्त, रोग लागेर स्वस्थ्य उपचारमा समस्या भएका व्याक्तिहरुलाई समेत अर्थिक सहयोग गर्दै आएको बतार्ईएको छ ।

  • dhankutapress

थप