Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा किराँत समुदायले मनाए उभौली

  •   १ वर्ष अघि | ३० बैशाख २०८२, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/किराती समुदायले सोमवार भव्य रुपमा धनकुटामा उभौली चाड साकेला मनाएका छन् । 

प्रकृती पुजक किराँत समुदायले धनकुटा नगरपालिका वडा नं.३ मा रहेको पवित्र भूमि साकेला थान (भुमेस्थान) मा किराँती संस्कार अनरुप पूजा आराधना गरि साकेला नाच नाच्दै यो चाड मनाएका हुन् । उनिहरुले माङ्पाबाट पूजाआजा गराई उभौली चाडमा अब लगाईने बालीनाली राम्रो होस् भन्ने कामना गर्दछन् भने पितृहरुको पनि सम्झना गर्दछन् ।

यहि अवसरमा किरात राई यायोक्खा धनकुटाले बृहत् साकेला मौलिक साँस्कृतिक कार्यक्रमको आयोजना गरि यो चाड मनाएको छ । धनकुटा सदरमुकाम राईकुवा टोल स्थित साकेला थानमा पूजा गरि त्याँहा रहेको साकेला पार्कमा मौलिक साँस्कृतिक नृत्य साकेला प्रदर्शन गरिएको थियो ।यसवीच साकेला पार्कमा सोमवार १४ वटा फलैचा पनि राखिएका छन् । आफ्ना पितृहरुको नाममा विभिन्न व्यक्तीहरु मार्फत ती फलैचाहरु निर्माण गरिएको किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्ववमणी राईले जानकारी दिए । त्यस्तै जिल्लाको हिले, पाख्रीवास, छिन्ताङ्ग, साागुरीगढी लगायतका स्थानमा पनि भव्यताका साथ साकेला उभौली चाड मनाइएको छ । 

यो पर्व किराँतीहरुले १५ दिनसम्म विभिन्न शिलीमा साकेला नाचेर मनाउने गरेका छन् । धनकुटामा विशेष गरेर खाल्सा क्षेत्र, आँखिसल्ला, मुगा, छिन्ताङ्ग, महाभारत, आहाले, जिल्ला सदरमुकाम धनकुटामा यो पर्व भव्य रुपमा किराँत राईहरुले मनाउँदै आएका छन् । 

  • dhankutapress

थप