धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटाको मदनचोकमा आयोजना गरिएको रंगहरुको पर्व होली मनाउने क्रममा एक जनाको देब्रे हात भाँचिएको छ ।
विहिवार धनकुटाको मुख्य स्थान मदनचोकमा स्थानिय यूवायुवतीहरुको उल्लेख्य उपस्थितिमा द सेभेन यूथ क्लब धनकुटा–७, हाम्रो वहुमुखी पाठशाला धनकुटाले होली विशेष नृत्य आयोजना गरेको थियो । होली पर्वको सांगितिक प्रश्तुतीसंगै मट्का फुटाउने क्रममा अनियन्त्रित् हुँदा लडेर धनकुटा–७ का अन्दाजी वर्ष–२४ का राम नेपालीको देब्रे हात भाँचिएको हो ।
उनीसंगै अन्य ७–८ जना यूवाहरु एक आपसमा काँधमा काँध चढेर टाउको माथि झुण्ड्यिाइएको मट्का फुटाउनको लागि उचाई बनाउँदा एक्कासी अनियन्त्रित भएर दुर्घटना भएको हो । नेपालीको प्राथमिक उपचार धनकुटा अस्पतालमा भएपनि थप उपचारको लागि अन्यत्र लानु पर्ने भएको छ । अघिल्लो वर्षहरुमा पनि द सेभेन यूथ क्लव धनकुटा–७ र हाम्रो वहुमुखी पाठशाला धनकुटाले संयुक्त रुपमा होली पर्वको अवसरमा पानीको फोहोरा सहित सांगितिक नृत्य आयोजना गर्ने गरेको थियो ।
होलीमा बयस्क भन्दा पनि यूवायूवती र केटाकेटीहरुको वढी भिडभाड देखिएको थियो । होली पर्व धनकुटा, हिले उत्तरपानी, सिधुवा, भेडेटार, पाख्रीवास, महालक्ष्मी नगरपािलकाको जितपुर वजार, राजारानी वजार लगायतमा विशेष कार्यक्रमको आयोजना गरेर स्थानिय युवाहरुको विशेष पहलमा यो वर्ष आयोजना गरिएको थियो ।
कार्यक्रममा स्थानीय कलाकारले गीत संगितमा नृत्य प्रश्तुत गरेका थिए । उक्त स्थानमा दशक अघिदेखि सुरु गरिएको होली नृत्य तथा सांगितिक कार्यक्रममा विशेषगरी युवा जमातको सहभागिता थियो । यसैगरी होली पर्वको अवसरमा धनकुटाको हिले स्थित् तोङ्गवा चोक, उत्तरपानी वजार, धनकुटामा वौद्धिक समाज धनकुटा–६, द सेभेन यूथ क्लव धनकुटा–७ र हाम्रो बहुमुखी पाठशालाले विशेष होली नृत्य तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा हाडी फुटाउने, मट्का फुटाउने खेल लगायत प्रस्तुत गरिएको हाम्रो बहुमुखी पाठशाला धनकुटाका संचालक सोवित श्रेष्ठले बताए ।



- dhankutapress