Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सोनाम ल्होछारको अवसरमा धनुकटाको हिलेमा बिबिध साँस्कृतिक कार्यक्रम

माघको जाडोलाई वेवास्ता गर्दै सेलोमा रमाए धनकुटेलीहरु

  •   २ वर्ष अघि | १७ माघ २०८१, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/२८६१ डुल ल्हो सोनाम ल्होछार नयाँ वर्षको अवसरमा विहिवार यहाँका तामाङ समुदायले शुभकामना आदन प्रदान तथा विविध कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटा मुख्य आयोजक रहेको ल्होछार विशेष कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ रहेका थिए । प्रमुख अतिथि तामाङले नेपालका हरेक जाति जनजातिहरुको मौलिक भाषा, संस्कार संस्कृतिलाई जोगाएर लानु पर्नेमा जोड दिए । उनले हरेक जातजातिको संस्कार संस्कृति जोगाएर राज्यले साझा फुलवारी बनाउनु पर्नेमा जोड दिए । सामाजिक संस्था नेपाल तामाङ घेदुङले साँस्कृतिक पुर्नजागरणको अभियान ल्याएपछी तामाङ जातिको पुर्खाले विकास गरेर ल्याएको संस्कृतिहरुलाई आजको पुस्ताले अवलम्वन गरेर जातिय पहिचान स्थापित गर्न सफल भएको बताए । 

खासगरी तामाङ जाति राज्यबाट प्रताडित भएका जाति भएको बताउँदै प्रमुख तामाङले भने–‘हामीलाई राज्यले १ सय वर्षसम्म पढ्न लेख्न दिएन ।’ प्रमुख तामाङले देशमा गणतन्त्र आईसकेको, मुलुकमा समावेशी संविधान बनि सकेकाले यसलाई टेकेर तामाङ जातिले आफ्नो क्षमता बनाएर देश र जनताको सेवा गर्न अवको दिनमा पछि पर्न नहुने ठोकुवा गरे । मुख्य कुरा आजको आवश्याक्ता भनेको शिक्षा हो, शिक्षा हाशिल गराउन सिङ्गो तामाङ समुदायले आफ्ना छोराछोरीलाई पढाउन सक्नु पर्नेमा उनले जोड दिए । 

सो अवसमा जिल्ला समन्वय समिति धनकुटाका उप प्रमुख सावित्रा राई, धनकुटा न.पा. वडा नं.१ वडाध्यक्ष ओङ्गदा तामाङ, नेपाल मगर संघका पुर्व केन्द्रिय उपाध्यक्ष सोम राना, वडा सदस्य सुवास राना मगर, नेपाल तामाङ घेदुङ धनकुटाका संस्थापक भूवलाल लामा, किराँत राई यायोखाका जिल्ला अध्यक्ष उद्धवमणी राई, नेपाल मगर संघका नगर अध्यक्ष चित्र मगर, उद्योग वाणिज्य संघ धनकुटाकी वरिष्ठ उपाध्यक्ष तारा तामाङ, धनकुटा नगरपालिका वडा नं.४ का भोटेचौतारामा रहेको ह्रिन्छेन छ्योलिङ गुम्वा व्यवस्थापन समितिका सल्लाहकार लामा गुरु जिन्लाब दोर्जे लामा लगायतले उपस्थिति रहेको थियो । 

सो अवसरमा धनकुटा नगरपालिका वडा नं. वडा नं. १ हिले, सुकेपोखरी, कुवापानी, वडा नं.३ माथिल्लो पात्ले, धनकुटा बजार, उत्तरपानी, चुङ्गवाङ्ग लगायत स्थानबाट सहभागी तामाङ दाजुभाई तथा दिदिबहिनीहरुले हिले बजारमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक र्याली निकालेका थिए । सो अवसरमा तामाङ समाजका संस्कार, संस्कृतिका अगुवा डम्फूरेहरुले डम्फू सेलो गाएर नाचगान गर्दै एक अर्कामा खुशी साटसाट गरेका थिए । र्यालीमा सयौंको संख्यामा ल्होछार प्रेमी महानुभावहरुको सहभागिता रहेको थियो । साँस्कृतिक र्यालीमा जेष्ठ, वयस्क, यूवायूवती, बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरु आ–आफ्नो भेषाभूषामा सजिएर सहभागि भएका थिए ।   

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष पेमाकुमारी लामाको अध्यक्षतामा सम्पन्न शुभकामना आदन प्रदान तथा बिविध साँस्कृतिक कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कालाकारहरु सेलो गायिका दिपिका बयाम्बू, सेलो गायक शिशिर मोक्तान, धावा तामाङ लगायतले दर्जनौं सेलो गाएर धनकुटेलीलाई माघको जाडोमा हिलेमा नचाएका थिए । कार्यक्रमको सह–आयोजकको रुपमाहिले व्याडमिटन क्लव रहेको थियो भने संयोजन हिमालयन इभेन्ट हिलले गरेको थियो । कार्यक्रमको प्रायोजना टुबोर्ग वियरले गरेको थियो । कार्यक्रमको संचालन जिल्ला घेदुङ धनकुटाकी सचिव मानवी मोक्तानले गरेकी थिईन ।  सो अवसरमा धनकुटाको चर्चित डान्स सेन्टर टिन्सक्रिउ डान्स सेन्टर, हिलेमा रहेको विभिन्न स्थानिय क्लबहरुले आ–आफ्नो प्रतिभा प्रश्तुत् गरेका थिए । 

थप तस्बिरहरु :


  • dhankutapress

थप