Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

आज २५७० वुद्ध जयन्ती र येले तङबे ५०८५ को यक्वा तङनाम (उभौली पर्व)

धनकुटामा विविध कार्यक्रम गरी मनाइदै

  •   ६ महिना अघि | १८ बैशाख २०८३, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/आज वैसाख १८ गते शुक्रवारका दिन २५७० वुद्ध जयन्तीको अवसरमा सम्पूर्ण प्राणी जगतको सुस्वास्थ्य, शान्ती, प्रगती र शान्तीको कामना गर्दै धनकुटा जिल्लाका विभिन्न स्थानमा रहेका वौद्ध गुम्वाहरुमा मोलम पाठ, द्धिप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, धनकुटाका अध्यक्ष पेमा कुमारी लामाले दिएको जानकारीनुसार धनकुटा नगरपालिका वडा नं.१ मा रहेको थुप्तेन देक्षेन छ्योलिङ्ग गुम्बा, उर्गेन नाम्डो छ्योलिङ्ग गुम्वा, वौद्ध तेन्गे गुम्बा र आनी गुम्वामा द्धिप प्रज्वलन, वौद्ध लामागुरुहरुबाट शान्तीपाठ हिले वजारमा शान्ती र्याली आयोजना गर्ने कार्यक्रम तय भएको छ । र्यालीमा नेपाल तामाङका पुर्व केन्द्रिय सदस्य लालचन्द्र गोङ्गवा, पुर्व सचिव एवं जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको विशेष उपस्थिति रहने बताइएको छ । नेपाल मगर संघ नगर समिति धनकुटाले पनि वुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम गरेर हिले वजारमा मनाउने मगर समुदायका अगुवा सोम रानाले बताएका छन् । त्यसैगरी धनकुटा नगरपालिका वडा नं.१० मा रहेको साङ्गे लुईच्यान थाम्चे छ्योलिङ गुम्वामा पनि शान्ती पाठ, द्धिप प्रज्वलन गरिने गुम्वाका लामा गुरु भूवलाल लामाले जानकारी दिएका छन् । त्यसैगरी धनकुटा नगरपालिका वडा नं.४ भोटे चौतरामा रहेको ह्रिन्छेन छ्योलिङ्ग गुम्वा व्यवस्थापन समिति र नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाले संयुक्त रुपमा वौद्ध लामा गुरुहरुबाट पुजापाठ गरि शान्ती पाठ गरी मनाइने गुम्वा समितिका सल्लाहकार एवं गुम्वाका लामा जिन्लाव दोर्जे लामाले जानकारी दिएका छन् । गुम्वामा पुजापाठ साथै द्धिप प्रज्वलन, मोलमपाठ, भजन कृर्तन समेत हुने गुम्वाका अध्यक्ष राधादेवी तामाङले बताईन ।यसैगरी छथरजोरपाटी वडा नं।६ सिधुवा वजारमा रहेको फुर्चिलिङ्ग गुम्बामा पनि शान्तीको लागी पुजापाठ, द्धिप प्रज्वन गर्ने कार्यक्रम रहेको गुम्वाका सदस्य ग्याल्जेन शेर्पाले जानकारी दिएका छन् । उता महालक्ष्मी नगरपालिका वडा नं.८ देउरालीमा रहेको ल्हासा वौद्ध गुम्वामा पनि वौद्ध परम्परानुसार वुद्ध जयन्तीको अवसरमा पुजापाठ, द्धिप प्रज्वलन गर्ने कार्यक्रम तय भएको बताइएको छ । त्यसैगरी साँगुरीगढी गाउँपालिका वढा नं.१ वुढिमोरङ्गमा रहेको साल्बोटे वौद्ध गुम्वा, दानावारी वौद्ध गुम्वा र पाख्रीवास नगरपालिका वडा नं.४ पाख्रीवास बजारमा रहेको नेपाल वौद्ध गुम्वा विकास समिति र डिकुरेमा रहेको डिकुरे माने वौद्ध गुम्वामा पनि पुजापाठ गरी वुद्ध जयन्ती मनाउने कार्यक्रम तय भएको बताइएको छ । हिलेमा आयोजना हुने शान्ती र्यालीमा भेषाभुषा सहित झाँकी समेत प्रश्तुत् हुने स्थानिय आयोजक उर्गेन नाम्डो छ्योलिङ्ग गुम्वाका लामा दोर्जे उक्यापले जानकारी दिएका छन् । उनले लामा गुरुहरुबाट वाजागाजा सहित वजार परिक्रमा गुम्बा भित्रका बेदहरु, भगवान वुद्धको मुर्तिलाई दुक (छाता) ओडाएर हिले बजार परिक्रमा गर्ने लगायतका कार्यक्रम रहेको बताएका छन् । 

उभौली पर्व ५०८५ येले तङ्गबे को अवसरमा धनकुटामा विभिन्न कार्यक्रम हुदै :

त्यसैगरी किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाको आयोजनामा धनपा–६ स्थित् किराँत माङखिम साकेला पार्कमा विविध कार्यक्रमको आयोजना गरेर उभौली पर्व मनाउने जिल्ला अध्यक्ष उद्धवमणी राईले जानकारी दिएका छन् । सो अवसरमा साकेला नृत्य, किराँत माङहिममा पुजापाठ, आदी आयोजना गरिने बताइएको छ । त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं.१ (साविक हात्तिखर्क वडा नं. १,२ र ३) हात्तिखर्कमा टारीमेला खेलकुद समितिको आयोजनामा उभौली पर्व–२०८३ एवं येले तङ्गबे ५०८५ को अवसरमा विविध कार्यक्रम आयोजना हुने हात्तिखर्कबाट मेला आयोजक समितिका सदस्य तोर्णदिप तिगेलाले जानकारी दिएका छन् । यसैगरी यता किराँत याक्थुङ्ग चुम्लुङ्ग नगर समिति धनकुटाले येले तङ्गबे ५०८५ को यक्वा तङनाम (उभौली पर्व) को अवसरमा शुभकामना आदन प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरी मनाउने नगर अध्यक्ष नेमराज लिम्वूले बताएका छन् । कार्यक्रम धनपा–५ फनपार्कमा रहेको किराँत याक्थुङ्ग हिममा आयोजना हुने नगर सचिव डम्वर खवाहाङ्गले जानकारी दिएका छन् ।

  • dhankutapress

थप