Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

बालसन्त मोहनशरण देवचार्य महाराजश्रीबाट शिवमहापुरणको समुद्धघाटन्

विश्रान्ति मन्दिरमा अयोजना हुने शिव महापुरण सफल बनाउन कलश यात्रा

  •   २ वर्ष अघि | ४ फाल्गुन २०८१, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/प्रदेश न.१ कै चर्चित धार्मिकधाम धनकुटाको विश्रान्ति मन्दिरमा आगामी फागुण १५ गतेसम्म आयोजना हुने शिवमहापुराण उद्धघाटन समारोहको पुर्वसन्ध्यामा आइतबार धनकुटा बजारमा कलश यात्रा निकालिएको छ ।

धनकुटा–७ मा रहेको नर्वदेश्वर शिवलाय मिन्दरबाट शुरु भएको कलश यात्रा शिवमहापुराण आयोजक मूल समरोह समिति विश्रान्ति मन्दिरले आयोजना गरेको हो । कलशयात्रामा सहभागी भक्तजनहरुले कलश बोकेर भजनकृतन गर्दै निशान मन्दिर, गणेश मन्दिर, भिमसेन मिन्दर लगायत धनकुटा बजारको विभिन्न भागको परिक्रमा गरेका थिए । कलश यात्रामा सयौंको संख्यामा भक्तजनहरुको उल्लासमय वातबरणमा सहभागिता रहेको थियो ।

धनकुटा बजार परिक्रमा पश्चात विश्रान्ति मन्दिरमा शिव महापुरणको समुद्धघाटन परमादरणीय जगदगुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवचार्य महाराजले एक औपचारिक समारोहको बिच वैदिक विधिनुसार गरेका थिए । विद्धान अचार्य पण्डित दीपक पराजुलीबाट कथावाचन हुने विश्रान्ति मन्दिर शिवमहापुराण आगामी फागुण १५ गतेसम्म संचालन हुनेछ ।  विश्रान्ति मन्दिरमा गुरुकुलिय परम्परामा आधारित संस्कृत शिक्षामा पठनपाठन र त्यहाँ रहेको वृद्धवृद्धाहरुको लालनपालनको लागि सहयोगार्थ शिव महापुराण संचालन गरिएको विश्रान्ति मन्दिर व्यावस्थान समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिएका छन् । 


  • dhankutapress

थप