Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

ताप्लेजुङ्गमा केबलकार सुरक्षाका लागि खटिएका प्रहरी आयोजना स्थलबाट हटाइने

बन फँडानीका लागि बन मन्त्रालयबाट फर्जी डकुमेन्ट बनाएको खुलासा

  •   ७ महिना अघि | २५ चैत्र २०८२, बुधबार

धनकुटा प्रेस सम्वाददाता

काठमाण्डौं/ताप्लेजुङ्गको प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ क्षेत्र) को बेसक्याम्पमा चन्द्र ढकालको केबलकार परियोजना सुरक्षार्थ खटाइएका प्रहरीहरु फिर्ता बोलाउन गृहमन्त्री सुधन गुरुङले निर्देशन दिएका छन् । 

पाथीभरा (मुक्कुमलुङ्ग) मा सरकारी दमनबाट पीडित भएका व्यक्तिहरुले गृह मन्त्रालयमा मंगलवार भेट गरेपछि गृहमन्त्री सुधन गुरुङले तत्कालै केबुलकार निर्माणस्थलमा राखिएका सुरक्षाकर्मीहरु फिर्ता बोलाउन दुबै प्रहरी संगठनका आईजीपीलाई निर्देशन दिएको स्रोतले बताएको छ ।पाथीभराको फेदीमा रहेका सशस्त्र र जनपथ सबै प्रहरी फिर्ता बोलाउन गृहमन्त्री गुरुङले प्रहरी हेडक्वार्टरलाई निर्देशन दिएका हुन् । पाथीभरा दर्शनका लागि जाने तीर्थालुहरुको सेवामा खटिँदै आएका प्रहरीहरु बस्ने फेदीको चौकी भने यथावतै रहनेछ । तर, केबुलकार परियोजनाका सञ्चालक चन्द्र ढकालले पूर्वबर्ति सरकारसँग सहयोग मागेर तैनाथ गरेको शसस्त्र प्रहरी र जनपथ प्रहरीको टोली भने फिर्ता हुने भएको छ ।

पाथीभरा (मुक्कुमलुङ) जस्तो पवित्र धार्मिक र ऐतिहासिक महत्वको स्थानमा सत्ता र शक्तिको दुरुपयोग गरेर जबरजस्ती केबलका बनाउन लागिएको भन्दै स्थानीय किराँत धर्मावलम्बीहरुले विरोध जनाउँदै आएका थिए । तर, अघिल्लो सरकार र केबलकार सञ्चालकको मिलेमतोमा प्रहरी परिचालन गरेर स्थानीयमाथि गोलीसमेत चलाई दमन गरेर जबरजस्ती आयोजना अघि बढाइएको थियो ।हाल आएर बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेसँगै अघिल्लो सरकारले चलाएको गोलीकाण्डको छानविन हुने र घाईतेहरुलाई न्याय पाइने स्थानीयले विश्वास लिएका छन् । ०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन हुनु अघि बालेन्द्र शाह आफैंले पाथीभरा (मुक्कुमलुङ्ग क्षेत्र) को दर्शन र केबलकार निर्माण परियोजनाको स्थलको अवलोकन र भ्रमण समेत गरेका थिए । त्यसबेला पनि स्थानीय जो मुक्कुमलुङ्ग संरक्षणको लागि संघर्षरत पक्षले आदिवासी समुदायले परापुर्वकाल देखि मान्दै आएको ऐतिहासिक देवस्थल मुक्कुमलुङ्ग अतिक्रमण र त्यहाँ जंगल फँडानी भएको विषयमा बालेन्द्र शाहसँग गुनासो पोखेका थिए ।यसैबीच, पाथीभराको ऐतिहासिक एवं पर्यावरणीय महत्वको जंगल फँडानी गरेको विषय समेत विवादमा परेको छ । वन फँडानीका लागि वन मन्त्रालयबाट फर्जी डकुमेन्ट बनाइएको पाइएपछि यसबारे प्रश्न उठेको हो । पाथीभरा (मुक्कुमलुङ) मा यसअघि भएको गोलीकाण्डको समेत छानविन गरी दोषीमाथि कारवाही गरिनुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।

  • dhankutapress

थप