धनकुटा प्रेस सम्वाददाता
डेविट ठाडा मगर
धनकुटा/धनकुटाको पाख्रीबास नगरपालिका वडा नं.९ मा मगर र तामाङ समुदायको संस्कार, संस्कृति र परम्परालाई संरक्षण गर्ने उदेश्यले भावी पुस्तासम्म जगेर्ना गर्न दुई वटा छुट्टा÷छुट्टा दाहसंस्कार स्थलको निर्माण कार्य थालिएको छ ।
मगर दाहसंस्कार स्थल स्थायिन मगर समुदायको अगुवाहरुको पहलमा शुरु गरिएको पाख्ीवास नगरपािलका वडा नं.९ का वडाध्यक्ष सम्झना आले मगरले जानकारी दिए । उनले सामाजिक, साँस्कृति एकता र सहकार्यलाई समुदायमा आत्मसात गर्दै दाहसंस्कार स्थलको निर्माण कार्य थालिएको बताईन । पाख्रीवास नगरपालिका वडा नं.९ सहयोग र स्थायिन मगर समुदायको सक्रियतामा हातेमालो गरेर काम अगाडि बढाइएको छ ।
दाहसंस्कार स्थल निर्माण गर्न विशेषगरी वैदेशिक रोजगारीमा रहेका मगर समुदायका युवाहरूले आफ्ना दिवंगत आमाबुवाको स्मृतिमा आर्थिक सहयोग पठाएर निर्माण कार्य थालिएको छ । पुर्खाको थातथलो र संस्कार संस्कृतिप्रति सद्भाव प्रकट गर्ने गरी स्थानिय गाउँलेहरूले श्रमदान, आर्थिक सहयोग गरेको वडाध्यक्ष सम्झना आलेले बताईन । हालसम्मसम्म स्थानिय मगर समुदायले खुल्ला आकास मुनी सवदाह गरिरहेको अवस्थामा दाहसंस्कार स्थल निर्माणले अवको दिनमा सहज हुने भएको छ । दाहसंस्कार स्थल निर्माण गर्न पाख्रीवास नगरपालिका वडा नं.९ को वडा कार्यालयले आ.व.०८१/०८२ को वार्षिक स्वीकृत वजेट तथा कार्यक्रमबाट ३ लाख ५७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यसैगरी, पाख्रीवास नगरपालिका वडा नं.९ र धनकुटा नगरपालिकाको वडा नं.१० मा पर्ने संगमस्थल धर्मशालामा तामाङ समुदायले पनि दाहसंस्कार स्थल निर्माण गरेका छन् । तामाङ समुदायका अगुवाहरूको पहलमा तामाङ समुदायको लागि आवश्यक्ता रहेको वौद्ध दाहसंस्कार स्थल निर्माण गरिएको स्थानिय तामाङ सम्दायको विष्णु मोक्तान तामाङले बताए । दाहसंस्कार स्थल निर्माण गर्न स्थायिन प्रत्येक घरधुरीले आर्थिक सहयोग संकलन गर्नुको साथै जनश्रमदान समेत गरेको स्थानिय अगुवा जयवहादुर मोक्तानले बताए । तामाङ वौद्ध दाहसंस्कार स्थल निर्माणका लागि आ.व.०८१/०८२ को वार्षिक स्वीकृत वजेट तथा कार्यक्रमबाट ४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष सम्झना आलेले बताइन ।
सामाजिक एकता, संस्कृति प्रतिको प्रेम र सामूहिक भावनाको अनुपम उदाहरण बनेका यी दुई साझा अभियानले पाख्रीबास नगरभित्र मात्र नभई आसपासका बस्तीहरूमा पनि सकारात्मक शन्देस दिएको छ । समुदायमा सामाजिक साँस्कृतिक हिसाबले सामाजिक सदभाव, धार्मिक सहिषुणता समेत कायम भएको छ । तामाङ समुदाय र मगर समुदायको दुई छुट्टाछुट्टै स्थानमा वौद्ध दाहसंस्कार स्थल निर्माण कार्यले सकरात्मक शन्देस दिएको स्थानिय घ्याङ्गगर निर्माण उपभोक्ता समितिका अध्यक्ष भक्तवहादुर मोक्तान तामाङले बताएका छन् ।
- dhankutapress