Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाका धावक देबिन्द्र लिम्वु खेवा काठमाण्डौ देखी एक्ल्यै दौडने

  •   ५ वर्ष अघि | २४ फाल्गुन २०७८, मङ्लबार

धनकुटाका धावक देबिन्द्र लिम्वु खेवा काठमाण्डौ देखी एक्ल्यै दौडने

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/ काठमाडौंदेखि धनकुटासम्म एकल म्याराथन हुने भएको छ । राजधानीको दशरथ रंगशालादेखि धनकुटासम्म दौड गर्न धावक देबिन्द्र खेवा लिम्बूले तयारी गरेका छन । धनकुटामा मंगलबार पत्रकार सम्मेलन गरि लिम्बूले आगामी फागुन ३० गते दशरथ रंगाशाला काठमाण्डौबाट म्याराथन शुरु गरी चैत ५ गते धनकुटा टुँडिखेलमा समापन गर्ने जानकारी दिए ।

दशरथ रंगशालाबाट शुरु हुने म्याराथन बिपी राजमार्ग हुँदै इटहरीको बाटो भएर धनकुटा आइपुग्ने जनाइएको छ । धावक लिम्बूले ५ दिनमा करिब ४ सय ७५ किलोमिटर दौडिने बताए । म्याराथनका क्रममा खाने बस्ने सम्पूर्ण व्यवस्था आफैँले गरेको र सुरक्षाका लागि व्यक्तिगत रुपमा स्कर्टिङको व्यवस्था गरेको उनले जानकारी दिए । उनले म्याराथन गर्दा एउटा गाडी रासनसहित र २ वटा बाइक साथमा हुने जानकारी दिए ।


शारीरिक तथा मानसिक रुपमा स्वस्थ भइ खेलकुदमा अगाडि बढ्न युवा प्रोत्साहन गर्न म्याराथनको तयारी गरिएको धावक लिम्बूले बताए । सशस्त्र प्रहरी बलको जागीर छाडेर वैदेशिक रोजगारमा बहराइन बस्दा पनि आफूले धेरै दौड प्रतियोगितामा भाग लिएको उनको भनाइ छ । 

यो सँगै नेपालमा पनि धेरै दौडमा भाग लिएको र धेरैजसोमा जित पनि हात पारेको बताउँदै, उनले नेपाली युवालाई खेलकुद प्रति उत्साहित भएर सहभागी हुने हौसला मिल्ने विश्वास व्यक्त गरे । लिम्बूले गत वर्ष धनकुटादेखि धरानसम्म एकल म्याराथन गरेका थिए । धनकुटाको हात्तीखर्कका ३८ वर्षीय लिम्बूले ०५६ सालमा भारतीय सेनामा भर्ती हुन खोज्दा दौडमा फालिएपछि दौडलाई प्राथमिकता राखेको बताए ।


  • dhankutapress

थप