Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

जसपाको सहिदभूमिमा नयाँ नेतृत्व चयन

  •   ३ वर्ष अघि | १० फाल्गुन २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

सहिदभूमि/ जनता समाजवादी पार्टी नेपालको सहिदभूमि गाउँपालिकामा गाउँपार्टी कमिटी पुनर्गठन गरिएको छ । 

जसपाका नेता राजकुमार राईको प्रमुख आतिथ्यमा विहिवार सम्पन्न पालिका स्तरको भेलाले गाउँपार्टी कमिटी पुनर्गठन गरिएको हो ।  भेलाले टंक वहादुर राईको अध्यक्षतामा १६ सदस्सीय जसपा सहिदभूमि गाउँकमिटी गठन गरिएको छ । 

गाउँपार्टी कमिटीको उपाध्यक्षमा जगत राई, दुर्गा राई, सचिवमा रोशन राई, कोषाध्यक्षमा रीता राई र उप–सचिवमा कविराज राईलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा मानदेव राई, लोकेन्द्र राई, नेत्र राई, लविप राई, सुजन राई, भूपालसिंह राई, पुत्रकुमार राई, गंगावहादुर वि.क.,सुवास राई र दलवहाद्ुर राईलाई चयन गरिएको छ । 

पार्टीको विधान महाधिवेशन पछि गाउँपालिका स्तरको संगठन विस्तार गर्ने अभियान अन्तर्गत पार्टीको सहिदभूमि गाउँ कमिटी गठन गरिएको जिल्ला समित डम्वर कटुवालले बताए । उनले यस अघि धनकुटा नगरपालिका, चौविसे गाउँपालिका, पाख्रीवास नगरपालिकामा पार्टी पुनःर्गठन भैसकेको वताए । उनले वाँकी ३ पालिकामाहरु छथरजोरपाटी, महालक्ष्मी र साँगुरीगढीमा पनि तत्काल पार्टी संगठन पुनःर्गठन गरिने बताए ।

  • Dhankutapress

थप