Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

सबै जातिको उचित सम्बोधन भनेको ‘सामुहिक पहिचान’ मुख्य मन्त्रि कार्की

  •   २ वर्ष अघि | ११ साउन २०८१, शुक्रबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

भेडेटार/कोशी प्रदेशका मुख्य मन्त्रि हिकमत वहादुर कार्कीले सबै जातिको उचित सम्वोधन भनेको ‘सामुहिक पहिचान’ भएको बताएका छन् । 

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.६ मा हालै निर्माण कार्य सम्पन्न गरिएको स्काई वार्कको शुक्रवार समुद्धघाटन गर्दै मुख्य कार्कीले यस्तो बताएका हुन् । उनले कोशी प्रदेशमा विभिन्न जातजाति, भाषाभाषीको वसोवास रहेकोले सवै जातिको उचित सम्वोधन नै सामूहिक पहिचान भएको  बताए । मुख्य मन्त्रि कार्काीले भने–‘प्रदेश १ मा पहिचन हरायो भनेर सानु मन नगर्न सवै जाति,भाषा, समुदाय, धर्म र सम्प्रदायसंग आग्रह गरे । उनले भने–‘हामी सवै जाति, धर्म सप्रदायसंग हातमा हात काँधमा काँध मिलाएर अघि वढ्छौं ।’ 

उनले प्रदेश सरकारको नीति तथा कार्यक्रममा खुवालुङ देखि ध्वजेडाँडासम्मको पदमार्गलाई पर्यटन प्रवद्र्धन गर्न साँगुरीगढी गाउँपालिकाले अघि सारेको पदमार्ग विस्तार कार्यक्रमलाई प्रदेश सरकारले साथ दिने बताए । मुख्य मन्त्रि कार्कीले आगामी वर्ष कोशी पर्यटन वर्ष २०८२ भव्य रुपमा मनाउने तयारीमा प्रदेश सरकार लागि परेको खुलासा गरे । प्रदेश सरकारको आयोजनामा सम्पन्न हुने कोशी पर्यटन वर्ष ०८२ लाई साथ दिन स्थानिय सरकार र नीजि क्षेत्रसंग सहकार्य गरिने मुख्य मन्त्रि कार्कीले स्पष्ट पारे । त्यसो भयो भने कोशी प्रदेशमा मास टुरिजमको विकास हुने दावी उनको थियो । प्रदेशको मुख्य उत्पादन चिया भएकाले आगामी वर्ष इलाममा चिया सम्मेलनको पनि तयारी भैरहेको पनि स्पष्ट पारे । 

प्रदेश सरकारले पर्यटकहरुको सुरक्षाको लागि प्रदेश पर्यटन प्रहरीको टुकुडी स्थापना गरेर पर्यटकिय स्थलहरुमा पर्यटकहरुको सुरक्षाको लागि खटाउने तयारी भईरहेको मनित्र कार्कीले बताए । कोशी प्रदेशको मुख्य मुख्य पर्यटकिय स्थलहरु भेडेटार, कन्याम, पाथिभरा, खुवालुङ, श्रीअन्तु जस्ता स्थलहरुमा प्रदेश पर्यटन प्रहरी खटाउने तयारी भैइरहेको बताए । सार्वजानिक नीजि साझेदारी अन्तर्गत कोशी प्रदेशको पहिलो परियोजनाको भेडेटार स्काई वाक परियोजनाको समुद्धघाटन गर्दै मुख्य मन्त्रि कार्कीले भने‘ प्रदेशको समृद्धिसंग भेडेटारको स्काईवार्कलाई जोड्न सकिन्छ ।’ स्काई वार्क निर्माणसंगै दैनिक प्रत्यक्ष २० जना र अप्रत्यक्ष रुपमा १ सय जनालाई रोजगारीको अवसर हुनेछ । ०७७ सालको फागुण ९ गते प्रदेश लगानी प्राधिकरण र विकासकर्ता विच भेडेटार सकाई परियोजना सम्झौता भई निर्माण कार्य अघि वढाइएको थियो । करिव २० करोड लगानीमा निर्माण कार्य सम्पनन गरिएको भेडेटार स्काई वार्क परियोजनाको निर्माण तथा संचालन वोर्डस कम्यूजमेन्ट पार्कस एण्ड अट्राक्सन प्रा.लि.ले गरेको थियो । परियोजनाले साविकको चाल्र्स भ्यूटावर आसपासको ११ रोपनी वन क्षेत्र ओगटेको छ ।

निर्माण परियोजना संचालनमा प्रदेश सरकारको लागनी प्राधिकरणले अघि वढाएको हो भने समन्वय साँगुरीगढी गाउँपालिका र धरान उप–महानगरपालिकाले गरेको हो । परियोजना विकास कर्ताको सम्पूर्ण नीजि खर्चमा निर्माण कार्य सम्पन्न भएको हो ।

स्काई वार्क समुद्धघाटन मुख्य मन्त्रि हिकमत वहादुर कार्की, साँगुरीगढी गाउँपालिकाको अध्यक्ष जितेन्द्र रुम्दाली र धरान उप–महानगरपालिकाका प्रमुख हर्कराज राईले संयुक्त रुपमा गरेको थिए । कार्यक्रमको समुद्धघाटन परियोजना संचालक संस्थाका अध्यक्ष आकर्षण पोखरेलेको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य एवं परियोजनाका वारेमा प्रदेश लागनी प्राधिकरणका उपाध्यक्ष डा.सरोज काईरालाले प्रकास पारेका थिए ।    

  • dhankutapress

थप